Breaking News
News
Health
Sports
Entertainment
Videos
श्रीमानले चलाएको ट्याक्टरबाट खस्दा श्रीमतीको मृत्यु |
Posted by: Taja Samachar Posted date: 12:55 AM / comment : 0 Health, Update News
मंसिर २५, २०७३- नवलपरासीको मध्यविन्दु नगरपालिका–९ झ्यालबासमा श्रीमान्ले चलाएको ट्याक्टरबाट खसेर श्रीमतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार शुक्रबार राति चोरमारामा लु २ त १२ २३ नम्बरको ट्याक्टरबाट खसेर मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष ४८ कि सुनही महतोको ज्यान गएको हो । ट्याक्टर चालक सुकाराम महतोले चलाएको ट्याक्टरबाट खसेर गम्भीर घाइते महत्तोको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।
रहेनन् हास्य कलाकार 'लाजालाम' अर्थात् आर पी भट्टराई
Posted by: Taja Samachar Posted date: 3:14 AM / comment : 0 Health, Update News
८७ बर्षको उमेरमा एसएलसी पास गरेका राइटर बजेको ९९ बर्षमा निधन |
Posted by: Taja Samachar Posted date: 11:46 PM / comment : 0 Health, Update News
प्लास्टिक बोटलमा रकेको पनि पिउन हुन्छ ? एक पटक हेर्नुहोस |
Posted by: Taja Samachar Posted date: 10:11 PM / comment : 0 Health, Update News
Maize Production in Nepal
Posted by: Taja Samachar Posted date: 10:01 PM / comment : 0 Health, Update News
तपाईंको राशीको लागि यस्तो हुनेछ डिसेम्बर महिनाको सुरुवात
Posted by: Taja Samachar Posted date: 12:14 AM / comment : 0 Health, Update News
३)कन्या :
सकारात्मकः
४)तुलाः
सकारात्मकः चन्द्रमा राम्रो स्थितीमा हुनेछ र तपाईंको काम पुरा हुनेछ । आज तपाईंको मेहनतको पूरा फाइदा हुनेछ । कुनै राम्रो खबर र ठूलो सफलताको खुसी आज तपाईंले पाउनुहुनेछ । अचानक केही फाइदा पनि पाउनुहुनेछ । तपाईंलाई चाँडै नै अतिरिक्त आम्दानी हुने योग छ । आज केही बचत गर्ने निर्णय गर्नुभएको छ भने त्यो तपाईंको लागि निकै राम्रो हुनेछ । कुराकानीमा तपाईं निकै सफल हुनुहुनेछ र कुनै पनि विषयमा तपाईं कुराकानी गर्न सक्नुहुन्छ । व्यापार व्यवसाय राम्रो चल्नेछ । तपाईंको नजिकको मानिसहको सहयोग पाउनुहुनेछ । नकारात्मकः घर परिवारको केही विषयमा धेरै पैसा खर्च हुनसक्छ । केही विषय तनावपूर्ण हुनुसकछ । केही साथीको सहयोग नपाएपछि तपाईंको मूड त्यति राम्रो नहुनसक्छ । प्रेमः पार्टरनले तपाईंको भावना बुझ्नेछन् । दिन राम्रो रहनेछ । करियरः व्यवसायको विषयमा तनाव रहँदैन । मेडिकल विद्यार्थीहरुको पनि सामान्य सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको समस्याले केही तनावमा पार्न सक्छ ।
५) वृश्चिकः
सकारात्कः आज तपाईं निराशावादी मानसिकतालाई नियन्त्रणमा राख्न प्रयास गर्नुहुनेछ । तपाईं यसमा सफल पनि हुनुहुनेछ । तपाईं बिस्तारै आफ्नो स्वभाव र चालढालमा फर्कनुहुनेछ । आज तपाईंले केही प्रभावशाली कुरा पनि गर्ने सम्भावना छ जसलाई मानिसहरुले सुन्न चाहनेछन् । पैसाको स्थितीमा सुधार ल्याउनका लागि तपाईं पूर्ण रुपमा कोसिस गर्नुहुनेछ । आउँदो दिनमा तपाईंको आर्थिक स्थिती निकै राम्रो हुनेछ । तपाईंलाई आज धन लाभ हुनेछ । पार्टनरसँग आफ्नो सबै कुरा भन्नुहोस् । साथीभाइको सल्लाह लिनुहोस् । तपाईंको कार्यकुशलता बढ्नेछ र मान सम्मान पनि बढ्नेछ । नकारात्मकः आज तपाईं निकै ध्यान दिएर खर्च गर्नुहोस् । भावनामा बगेर बोल्दा नोक्सानाी हुनसक्छ । खर्चमा कमी गर्न आवश्यक छ । प्रेमः समय पार्टनरसँगै बित्नेछ । करियरः व्यापारामा कुनै नयाँ कुरामा तपाईंको ध्यान रहनेछ । केही विद्यार्थीले सोचेभन्दा बढि सफलता पाउनेछन् । स्वास्थ्यः तपाईंको स्वास्थ्य राम्रो हुन्छ । थकान हट्नेछ ।
६)धनुः
सकारात्मकः तपाईंको लागि दिन राम्रो छ । तपाईंले आज सोच्नुभएकै नतिजा पाउनुहुन्छ । मनमा स्थिरता रहनेछ । केही रोकिएको काम सजिलै पूरा हुनेछन् । स्थिती तपाईंको लागि राम्रो बन्नसक्छ । तपाईंको ध्यान महत्वपूर्ण कुरामा नै केन्द्रित रहनेछ । केही विशेष भेटघाट हुनसक्छ । कसैलाई भेट्न जानसक्नुहुन्छ । आज तपाईंको धेरैजसो काम अचानक पूरा हुनेछ । घर परिवार र व्यवसाय कामकाजमा आज तपाईंको समस्या कम हुनसक्छ । प्रिय व्यक्तिसँग भेटघाट हुनसक्छ । तपाईंको धेरैजसो निर्णय सहि हुनसक्छन् । नकारात्मकः मनमा कुनै शंका पनि आउनसक्छ । तपाईंको मन मेहनतमा कम नै रहनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धि तपाईंलाई चिन्ता लाग्न सक्छ । कसैलाई उधारो दिन सावधान हुनुहोस् । प्रेमः पार्टनरप्रति आफ्नो व्यवहार सुधार्नुहोस् । करियरः विद्यार्थीको लागि दिन सामान्य रहनेछ । केही नयाँ हुनेछैन । पढाईमा मन लाग्नेछ । साथीको मद्दत मिल्नेछ । स्वास्थ्यः आज तपाईंको स्वास्थ्य पहिलेको भन्दा सामान्य हुनेछ । पेटको रोग पनि हराउँदै जान्छ ।
७)मीनः
सकारात्मकः आफ्नो काममा ध्यान दिनुहोस् । फाइदा हुनेछ । अफिसमा काम धेरै हुनेछ । यसले पनि तपाईंलाई फाइदा पुर्याउनेछ । यात्राको कुनै कार्यक्रम अचानक स्थगित पनि हुनसक्छ जसले तपाईंलाई नै फाइदा पुर्याउनेछ । जागिरको नयाँ अवसर र जागिरमा प्रगतीको मौका पनि आजको दिनमा हुनसक्छ । कार्यक्षेत्रमा अपेक्षा गरेभन्दा बढि सफलता पाइनेछ । सन्तानको कामले सन्तोष दिलाउनेछ । आज तपाईंको रोकिएको पैसा फिर्ता पाउने सम्भावना छ । नकारात्मकः आज सरल काम कठिन हुनसक्छ र कामकाजको बोझ अचानक बढ्नसक्छ । सावधान हुनुहोस् । लेनदेनको कामलाई सुल्झाउनुहोस् । प्रेमः पार्टनरलाई सम्मान दिनुहोस् । पार्टनरलाई सहयोग गर्नु आवश्यक छ । करियरः व्यापारको लागि समय राम्रो छ । तपाईं मेहनतले काम गर्नुहोस्, सफलता पाउनुहुनेछ । विद्यार्थीको लागि समय थोरै नकारात्मक छ । स्वास्थ्यः स्वास्थ्यको विषयमा थोरै सावधान हुनुहोस् । बाथ रोग हुनसक्छ ।
८)मिथुनः
सकारात्मकः कामकाज र व्यापार व्यवसायमा प्रगती हुनेछ । आज तपाईं खुसी हुनुहुनेछ । आज तपाईं कुनै साथी, परिचित वा कुनै सदस्यका लागि निकै महत्वपूर्ण हुनुहुनेछ । तपाईंमा निकै धेरै ऊर्जा भरिनेछ । समस्याको समाधान पनि आज तपाईंले निकाल्नुहुनेछ । पुरानो समस्या सुल्झिन सक्छ । तपाईंको प्रेमीको मुड पनि ठिक हुनेछ । अविवाहितका लागि समय राम्रो छ । विवाहितहरुले आफ्नो पार्टनरबाट सहयोग पाउनेछन् र सफलता पनि । व्यवसायिक सफलतामा खुसी हुनुहुनेछ । कतै घुम्न पनि जाने सम्भावना छ । आफ्नो कामकाजमा जीवनसाथीको सहयोग पाउन सक्नुहुन्छ । तपाईंको सामाजिक सम्मान बढ्नेछ । नकारात्मकः आज तपाईं कुनै पनि चुनौती नलिनुहोस् । यो तपाईंको लागि हानिकारक हुनेछ । कसैलाई चाँडै नै विश्वास नगर्नुहोस् । प्रेमः कुनै महत्वपूर्ण निर्णय जीवनसाथीलाई भनेर मात्र लिनुभयो भने फाइदा हुनेछ । करियरः फसेको पैसा फिर्ता आउन सक्छ । व्यवसायीक यात्राको योग छ । विद्यार्थीले कम मेहनतमा राम्रो सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको दुखाई र मौसमी रोगले तपाईंलाई केही समस्यामा पारेको हुन्छ ।
९)मेष राशीः
सकारात्मकः आफ्नो कामकाज निकै होस पुर्याएर गर्नुहोस् । सानोभन्दा सानो कुरा पछि गएर सबैभन्दा महत्वपूर्ण हुनसक्छ । अचानक तपाईंको काममा आनन्द आउन सक्छ । कुनै कुराले तपाईंलाई खुसी बनाउन सक्छ । आर्थिक रुपमा दिन राम्रो छ । व्यवसायीक कामकाजमा तपाईंको चिन्ता सिद्धिन सक्छ । दैनिक गर्ने काममा तपाईंले सफलता पाउनुहुनेछ । आज तपाईंले परिवारका कुनै पनि सदस्यको कुरालाई नराम्रो नमान्नुभयो भने तपार्ईंको लागि राम्रो हुन्छ । तपाईंले आज नैतिक जिम्मेवारी पनि निभाउन सक्नुहुन्छ । यदि साथीहरुमा मतभेद छ भने त्यो आजको दिन समाप्त हुनसक्छ । नकारात्मकः रिसमा संयमता आवश्यक छ । रिसका कारण तपाईंको धेरै काम बिग्रन सक्छ । सावधान हुनुहोस् । आज सवारीसाधनको जाँच गराउनुहोस् । कुनै पुरानो कुराले तपाईंलाई तनावमा राख्नसक्छ । के गर्ने र के नगर्नेः एउटा सिक्कालाई जमिनमा गाड्नुहोस् । प्रेमः पार्टनरसँग तपाईंको समय बित्नेछ । पार्टनरले तपाईंको भावनालाई सम्मान दिनेछ । करियरः पार्टनरशिपको लागि समय राम्रो छ । व्यवसायीक मानिसहरुमा पदोन्नतीको अवसर पैदा हुन्छ । विद्यार्थीहरुले सफलता पाउने योग छ । स्वास्थ्यः स्वास्थ्य राम्रो हुनेछ । पुरानो रोग पनि बिस्तारै हराउँदै जान्छ ।
१०)मकरः
सकारात्मकः जीवनसाथीबाट अवश्यक पनि हिम्मत पाउनुहुनेछ । आम्दानी सामान्य रहनेछ । रोकिएको पैसा पाउनसक्नुहुन्छ । नयाँ कामको लागि योजना बनाउन थाल्नुहुनेछ । समस्या हुँदा हुँदै पनि आफूलाई सम्हाल्नुहुनेछ । मनमा चलिरहेको कुरा कसैलाई पनि भन्नु भएन भने तपाईं अघि बढ्न सक्नुहुन्छ । काममा मन लाग्नेछ । यद्यपी, कुनै काम मन नलागे पनि गर्नुपर्ने हुन्छ । आज तपाईं नयाँ मानिसहरुसँग भेट्नुहुनेछ । मानिसहरुको कामकाजमा चुपचाप नजर पनि राख्नुहोस् । केही नयाँ सिक्नुहुनेछ । नकारात्मकः तपाईंको केही काम पूरा नभए तनाव नलिनुहोस् । धेरै कुरामा आफूलाई आजको दिनमा नियन्त्रण गर्नुहोस् । पुरानो केही कुराले पनि आज तपाईंलाई तनावमा राख्न सक्छ । नकारात्मक विचारलाई व्यक्त नगर्नुहोस् । धैर्य राख्नुहोस् र समय आफू अनुकुल नभएसम्म कुर्नुहोस् । केही नीजि विषय सुल्झाउन कठिन पनि हुनसक्छ । प्रेमः पार्टनरको लागि केही महँगो सामान पनि आज तपाईंले खरिद गर्नसक्नुहुन्छ । प्रेम जीवनको लागि तपाईंको दिन राम्रो छ । करियरः कार्यस्थलमा वातावरण राम्रो हुनेछ । रोकिएको पैसा पाउनुहुनेछ । विद्यार्थीको लागि दिन सामान्य रहनेछ । स्वास्थ्यः स्वास्थ्यको हिसाबले दिन ठिकै रहनेछ । पुरानो रोग हराउँदै जान्छ ।
११) कुम्भः
सकारात्मकः आज कुनै ठूलो निर्णय लिनु छ भने सोचेर मात्र लिनुहोस् । मानिसहरुको धारणा राम्रोसँग सुन्नुहोस् । मद्दत गर्ने र मद्दत लिएर अघि बढ्ने दिन हो आज । अरुलाई सहयोग गर्ने मौका आज तपाईंले पाउनुहुनेछ । साथीहरु पनि आज तपाईंलाई फाइदा दिने किसिमका हुन्छन् । आज तपाईंले जुन मानिसहरु भेट्नुहुन्छ उनीहरुले तपाईंका लागि पछिसम्म मद्दत गर्नेछन् । नयाँ मानिसहरुलाई भेट्न नहिच्किचाउनुहोस् । समय तपाईंको साथमा छ । व्यापारमा जोखिम सम्भव छ तर तपाईंले अवश्य पनि सफलता पाउनुहुनेछ । नकारात्मकः केही पारिवारिक विषयमा मधुरता कम हुनेछ । प्रतिष्ठा सम्बन्धि चिन्ताले आज तपाईंलाई सताउनेछ । आज स्वास्थ्यको विषयमा सावधान रहनुहोस् । प्रेमः पार्टनरसँग नचाहिँदो बहस हुनसक्छ तर बिस्तारै सबै ठिक हुन्छ । करियरः यात्रामा जाने कार्यक्रम छ भने खुसी भएर जानुहोस् । यात्रा सुखमय हुनेछ । विद्यार्थीका लागि आजको दिन समस्याले भरिएको हुनसक्छ । स्वास्थ्यः आजको दिन आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् ।
विश्वास, अन्धविश्वास र उपचार
Posted by: Taja Samachar Posted date: 2:28 AM / comment : 0 Health, Update News
विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला ननिता
Posted by: Taja Samachar Posted date: 1:05 AM / comment : 0 Health, Sports, Update News
पेसा–व्यवसाय जातले भन्दा सीप र क्षमता भएकाले गर्नुपर्छ -
Posted by: Taja Samachar Posted date: 11:33 PM / comment : 0 Health, Update News
मोरङ, १२ मंसिर । सीप भए न जात न धर्म । स्वदेशमा गर्न सकिन्छ पेसा कर्म । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई गलत सावित गर्दै उर्लाबारी–४ का हेमन सिंह (लिम्बू) २२ वर्षयता सिलाइ कटाइमा रमाइरहनुभएको छ ।
उहाँका धेरै समकालीन सङ्गीहरू लाहुर लागे । कोही वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, हङ्कङ पुगेका छन् । कोही युरोप अमेरिका पुगेर उतै भुलेका छन् । नेपालमै सरकारी जागिर खाँदै गरेकाको सङ्ख्या पनि कम छैन । तर, हेमन भने वन चरी वनमै रमाउँछ भने झैँ हातमा भएको सिलाइ कटाइको अब्बल सीप बेचेर स्वदेशमै अर्थोपार्जन गर्नमा व्यस्त हुनुहुन्छ ।
कक्षा ७ मा पढ्दै गर्दा २३ वर्षअघि घरायसी कामले भारतको दार्जिलिङ पुग्नुभएका हेमनले उतै आफन्तकोमा बसेर सिलाइँको काम सिक्नुभयो । तीन वर्ष सीप सिकेर नेपाल फर्कंदा साथीभाइ कोही कलेज पढ्ने, कोही ट्युसन पढाउनेतिर व्यस्त भइसकेका थिए । त्यो दृष्य देखेपछि उहाँलाई बूढो भएर फेरि स्कुल जान मन लागेन । त्यसैले सिलाइ मेसिन, कैँची र स्केलमा आफ्नो भविष्य कोर्न तल्लिन हुनुभयो ।
मध्यम वर्गीय परिवार । उसबेला दर्जी (दमार्इं) बाहेक अरु जातिले लुगा सिलाएको न परिवारले मन पराउँथ्यो, न समाजले लुगा सिलाउन नै लगिदिन्थ्यो । बालीघरे प्रथाका कारण हेमनले स्थापित हुन ठूलै सङ्घर्ष गर्नुप¥यो । भन्नुहुन्छ – “आफन्तहरू मात्र होइन, छिमेकीले पनि होच्याउने, खिसी गर्ने गरे । धेरै त लिम्बूको छोरो, लाहुर लाग्नु नि गज्जवको जीउ छ भन्थे ।” हरेकलाई ईश्वरले एउटा–एउटा काम गरी खाने सीप दिएका हुन्छन् भन्ने लाग्यो हेमनलाई । “अरुले जे जे भने पनि हातमा सीप, मनमा आँट र इच्छा शक्ति भएकाले सिलाइ कटाइ सेन्टर खोलेँ, हेमनले सुनाउनुभयो ।
बाइस वर्षपछि अहिले हेमनको ‘कामना टेलर्स’मा कामको चाप थेग्नै गाह्रो छ । सर्ट सुटमात्र होइन । सिलाइसम्बन्धी कुनै पनि काम लिएर जानेहरू हेमनकोबाट फर्कनु पर्दैन । पुरुष महिलाले लगाउने सबैखाले पोसाक सिउने सीप उहाँमा छ । हाल हेमनको कारखानामा पाँचजना कामदारले रोजगारी पाएका छन् ।
उर्लाबारीको व्यस्त बजारमा भारतीय मूलका टेलर्स सञ्चालकसँग प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन, तर पछिल्लो समय नेपाली दर्जी र अन्य जातिका नेपालीले पनि सिलाइ व्यवसाय गर्न थालेपछि लाखौँ रुपैयाँ भारत जाने क्रम रोकिएको छ ।
हेमनको हाल मासिक कमाइ सबै खर्च कटाएर न्यूनतम रु ४० हजार हुन्छ । विवाहको मौसममा रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको हेमनले बताउनुभयो । भन्नुहुन्छ – “सबैले दुई चार पैसा कमाउनका लागि काम गरेका हुन् । विदेश गएका हुन् । जागिर खाएका हुन् । म मेरो कामप्रति सन्तुष्ट छु ।” हिजो नबुझेर खिसी गर्नेहरू सबैले सम्मान गरेका छन् । पेसा–व्यवसाय जातले होइन, सीप र क्षमताले गर्ने हो भन्ने बुझेपछि अहिले उर्लाबारी क्षेत्रमा लिम्बू मात्र होइन सो क्षेत्रकै राजकुमार पोखरेल, उमेश बर्मा, धीरेन्द्र कार्की, रञ्जीत गुप्ता सबै खर्च कटाएर न्यूनतम रु ४० हजार कमाउने गरेको बताउँछन् ।
सो क्षेत्रमा विभिन्न जातिले व्यावसायिक सिलाइ कटाइ सेन्टर सञ्चालन गरेर अर्थोपार्जन गरिरहेका छन् । जसले गर्दा भारतीय कालिगढहरू क्रमशः विस्थापित भइरहेका छन् ।
के तपाईँलाई थाहा छ, सबैभन्दा पहिले आइसक्रिम कसले बनायो ?
Posted by: Taja Samachar Posted date: 2:31 AM / comment : 0 Entertainment, Health
चिया पिउनु कति हानिकारक/कति फाइदाजनक ?
Posted by: Taja Samachar Posted date: 2:36 AM / comment : 0 Health, Update News
मंगोलियन फेसमा बढी डन्डिफोर
Posted by: Taja Samachar Posted date: 2:59 AM / comment : 0 Health, Update News
तुलनात्मक रूपमा आर्यनलाई भन्दा मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । मंगोलियन स्किनमा डन्डिफोर बढी आउनुको कारण एउटै छ । स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्ः
छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर निस्किन नपाउनु डन्डिफोर निम्तिने एक प्रमुख कारण हो । यो समस्या मंगोलियन स्किनमा बढी हुन्छ । किनभने मंगोलियनहरूको अनुहारमा रौँ निकै कम हुन्छ । रौँ उम्रिएको प्वालबाट छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर जान पाउने सम्भावना मंगोलियनमा निकै कम हुन्छ । त्यसैले उनीहरूलाई डन्डिफोर बढी आउँछ ।
धेरै रौँ भएको छालामा डन्डिफोर निकै कम आउँछ । यो कुरा पुरुष र महिलाबीच तुलना गर्न पनि सकिन्छ । पुरुषभन्दा महिलालाई बढी डन्डिफोर आउँछ । पुरुषको दाह्री पलाउने ठाउँतिर डन्डिफोर खासै देखिँदैन । प्रायः निधारतिर मात्रै डन्डिफोर आउँछ । महिलाको भने अनुहारमा सबैतिर डन्डिफोरले सताउँछ ।जाडोमा यसरी गर्नुस् छालाको हेरचाह
Posted by: Taja Samachar Posted date: 8:47 PM / comment : 0 Health, Update News
जाडो मौसममा हातखुट्टा फुट्ने समस्या बढी हुने भएकाले यो बेला छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । पानी कम खानुका साथै सुक्खा हावाका कारण जाडोमा छाला खस्रो हुने तथा फुट्ने गर्छ ।Where Zika struck hardest ,Brazil moms say more help needed
Posted by: Taja Samachar Posted date: 2:47 AM / comment : 0 Health
मानिसले दुख परे पछि मात्र प्रगति गर्दो रहेछ |
Posted by: Taja Samachar Posted date: 1:42 AM / comment : 0 Health
भीआईपीलाई उपचार खर्च कम गराउने निर्णय
Posted by: Taja Samachar Posted date: 6:56 AM / comment : 0 Health, Update News

कार्तिक मसान्तसम्म प्रतिवेदन बुझाउने सिमा निर्धारण आयोगको तयारी
Posted by: News Posted date: 12:51 AM / comment : 0 Entertainment, Health, Sports, Update News, Video
Posted by: News Posted date: 12:44 AM / comment : 0 Health
- Popular Post
- Video
- Category





