१) ककर्टः सकारात्मकः आज तपाईंले केही रोचक अवसर पनि पाउनुहुनेछ । दिमागमा थुप्रै प्रकारको विचार आउँदै जाँदै गर्छन् र यत्तिकैमा तपाईंको दिन बित्नेछ । आज व्यवसाय सम्बन्धि केही नयाँ विचार आउन सक्छन् । बनाइएका केही योजना पनि आज पूरा हुन सक्छन् । प्रतिष्ठा बढ्न सक्छ । तपाईं खुसी हुनुहुनेछ । आमा बुवासँग सम्बन्ध मधुर रहनेछ । व्यापारमा नयाँ सम्झौता पनि हुनसक्छ जसको फाइदा तपाईंलाई आउने दिनहरुमा हुनेछ ।
नकारात्मकः विरोध र विवादको योग बनेको छ । आफन्तले तपाईंलाई तनावमा पार्न सक्छन् । तपाईंले आज दुश्मनको सामना गर्नुपर्ने हुन्छ । बेकारको काममा समय बर्बाद हुनेछ । नीजि सम्बन्धको विषयमा भाग्यले तपाईंलाई साथ नदिएपछि तपाईं तनावमा हुनुहुनेछ । खानपिनमा सावधान हुनुहोस् । आज तपाईंको अनावश्यक खर्च अझै बढ्नेछ ।
प्रेमः प्रेम जीवन सामान्य रहनेछ । पुरानो कुराले मतभेद हुनसक्छ । प्रेम पनि रहिरहन्छ ।
करियरः अधिकारीहरुको सहयोग मिल्नेछ । पदोन्नतीको अवसरको योग छ । विद्यार्थी आलश्य र थकानले तनावमा हुनेछन् ।
स्वास्थ्यः पेटको समस्या हुनसक्छ । मसालेदार खानेकुरा नखानुहोस् ।
३)कन्या :
सकारात्मकः नजिकका मानिसहरुले सहयोग गर्नेछन् । सोचेको काम आज पूरा हुनेछ । घरमा चहलपहल बढ्नेछ । केही सुधार र मर्मतको काम पनि हुनसक्छ । यदि घर परिवर्तन गर्न विषयमा पनि सोच्नसक्नुहुन्छ । सन्तानको उन्नती हुनेछ । माता पितासँगको सम्बन्धमा सुधार हुनसक्छ । प्रेम जीवनमा पनि धेरै सुधार आउन सक्छ । नयाँ कामको योजना बन्नेछ । नजिकैका साथीबाट सहयोग मिल्नेछ । नकारात्मकः दिन थोरै तनावपूर्ण हुनसक्छ । आज तपाईं कुनै पनि नयाँ निर्णय लिनबाट बच्नुहोस् । मानसिक तनाव धेरै हुनसक्छ । आज तपाईं कुनै गलत सुचनाका कारण गलत दिशामा अघि बढ्नुहुनेछ । सावधान रहनुहोस् । कुनै पनि सूचनालाई आँखा बन्द गरेर विश्वास नगर्नुहोस् । उत्तेजनामा नियन्त्रण राख्नुहोस् । जे सोच्नुभएको छ त्यो काममा थोरै समस्या आउनसक्छ । प्रेमः पार्टनरले सरप्राइज दिनेछन् । प्रेम र सहयोग मिल्नेछ । करियरः परिवार र कार्यस्थलमा खर्च बढ्न सक्छ । व्यापारीहरुका लागि दिन राम्रो छ । विद्यार्थीका लागि दिन राम्रो छैन । केही बढि मेहनत गर्नुपर्नेछ । स्वास्थ्यः पेटको समस्याको समाधान गर्नुपर्ने हुन्छ ।
४)तुलाः
सकारात्मकः चन्द्रमा राम्रो स्थितीमा हुनेछ र तपाईंको काम पुरा हुनेछ । आज तपाईंको मेहनतको पूरा फाइदा हुनेछ । कुनै राम्रो खबर र ठूलो सफलताको खुसी आज तपाईंले पाउनुहुनेछ । अचानक केही फाइदा पनि पाउनुहुनेछ । तपाईंलाई चाँडै नै अतिरिक्त आम्दानी हुने योग छ । आज केही बचत गर्ने निर्णय गर्नुभएको छ भने त्यो तपाईंको लागि निकै राम्रो हुनेछ । कुराकानीमा तपाईं निकै सफल हुनुहुनेछ र कुनै पनि विषयमा तपाईं कुराकानी गर्न सक्नुहुन्छ । व्यापार व्यवसाय राम्रो चल्नेछ । तपाईंको नजिकको मानिसहको सहयोग पाउनुहुनेछ । नकारात्मकः घर परिवारको केही विषयमा धेरै पैसा खर्च हुनसक्छ । केही विषय तनावपूर्ण हुनुसकछ । केही साथीको सहयोग नपाएपछि तपाईंको मूड त्यति राम्रो नहुनसक्छ । प्रेमः पार्टरनले तपाईंको भावना बुझ्नेछन् । दिन राम्रो रहनेछ । करियरः व्यवसायको विषयमा तनाव रहँदैन । मेडिकल विद्यार्थीहरुको पनि सामान्य सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको समस्याले केही तनावमा पार्न सक्छ ।
५) वृश्चिकः
सकारात्कः आज तपाईं निराशावादी मानसिकतालाई नियन्त्रणमा राख्न प्रयास गर्नुहुनेछ । तपाईं यसमा सफल पनि हुनुहुनेछ । तपाईं बिस्तारै आफ्नो स्वभाव र चालढालमा फर्कनुहुनेछ । आज तपाईंले केही प्रभावशाली कुरा पनि गर्ने सम्भावना छ जसलाई मानिसहरुले सुन्न चाहनेछन् । पैसाको स्थितीमा सुधार ल्याउनका लागि तपाईं पूर्ण रुपमा कोसिस गर्नुहुनेछ । आउँदो दिनमा तपाईंको आर्थिक स्थिती निकै राम्रो हुनेछ । तपाईंलाई आज धन लाभ हुनेछ । पार्टनरसँग आफ्नो सबै कुरा भन्नुहोस् । साथीभाइको सल्लाह लिनुहोस् । तपाईंको कार्यकुशलता बढ्नेछ र मान सम्मान पनि बढ्नेछ । नकारात्मकः आज तपाईं निकै ध्यान दिएर खर्च गर्नुहोस् । भावनामा बगेर बोल्दा नोक्सानाी हुनसक्छ । खर्चमा कमी गर्न आवश्यक छ । प्रेमः समय पार्टनरसँगै बित्नेछ । करियरः व्यापारामा कुनै नयाँ कुरामा तपाईंको ध्यान रहनेछ । केही विद्यार्थीले सोचेभन्दा बढि सफलता पाउनेछन् । स्वास्थ्यः तपाईंको स्वास्थ्य राम्रो हुन्छ । थकान हट्नेछ ।
६)धनुः
सकारात्मकः तपाईंको लागि दिन राम्रो छ । तपाईंले आज सोच्नुभएकै नतिजा पाउनुहुन्छ । मनमा स्थिरता रहनेछ । केही रोकिएको काम सजिलै पूरा हुनेछन् । स्थिती तपाईंको लागि राम्रो बन्नसक्छ । तपाईंको ध्यान महत्वपूर्ण कुरामा नै केन्द्रित रहनेछ । केही विशेष भेटघाट हुनसक्छ । कसैलाई भेट्न जानसक्नुहुन्छ । आज तपाईंको धेरैजसो काम अचानक पूरा हुनेछ । घर परिवार र व्यवसाय कामकाजमा आज तपाईंको समस्या कम हुनसक्छ । प्रिय व्यक्तिसँग भेटघाट हुनसक्छ । तपाईंको धेरैजसो निर्णय सहि हुनसक्छन् । नकारात्मकः मनमा कुनै शंका पनि आउनसक्छ । तपाईंको मन मेहनतमा कम नै रहनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धि तपाईंलाई चिन्ता लाग्न सक्छ । कसैलाई उधारो दिन सावधान हुनुहोस् । प्रेमः पार्टनरप्रति आफ्नो व्यवहार सुधार्नुहोस् । करियरः विद्यार्थीको लागि दिन सामान्य रहनेछ । केही नयाँ हुनेछैन । पढाईमा मन लाग्नेछ । साथीको मद्दत मिल्नेछ । स्वास्थ्यः आज तपाईंको स्वास्थ्य पहिलेको भन्दा सामान्य हुनेछ । पेटको रोग पनि हराउँदै जान्छ ।
७)मीनः
सकारात्मकः आफ्नो काममा ध्यान दिनुहोस् । फाइदा हुनेछ । अफिसमा काम धेरै हुनेछ । यसले पनि तपाईंलाई फाइदा पुर्याउनेछ । यात्राको कुनै कार्यक्रम अचानक स्थगित पनि हुनसक्छ जसले तपाईंलाई नै फाइदा पुर्याउनेछ । जागिरको नयाँ अवसर र जागिरमा प्रगतीको मौका पनि आजको दिनमा हुनसक्छ । कार्यक्षेत्रमा अपेक्षा गरेभन्दा बढि सफलता पाइनेछ । सन्तानको कामले सन्तोष दिलाउनेछ । आज तपाईंको रोकिएको पैसा फिर्ता पाउने सम्भावना छ । नकारात्मकः आज सरल काम कठिन हुनसक्छ र कामकाजको बोझ अचानक बढ्नसक्छ । सावधान हुनुहोस् । लेनदेनको कामलाई सुल्झाउनुहोस् । प्रेमः पार्टनरलाई सम्मान दिनुहोस् । पार्टनरलाई सहयोग गर्नु आवश्यक छ । करियरः व्यापारको लागि समय राम्रो छ । तपाईं मेहनतले काम गर्नुहोस्, सफलता पाउनुहुनेछ । विद्यार्थीको लागि समय थोरै नकारात्मक छ । स्वास्थ्यः स्वास्थ्यको विषयमा थोरै सावधान हुनुहोस् । बाथ रोग हुनसक्छ ।
८)मिथुनः
सकारात्मकः कामकाज र व्यापार व्यवसायमा प्रगती हुनेछ । आज तपाईं खुसी हुनुहुनेछ । आज तपाईं कुनै साथी, परिचित वा कुनै सदस्यका लागि निकै महत्वपूर्ण हुनुहुनेछ । तपाईंमा निकै धेरै ऊर्जा भरिनेछ । समस्याको समाधान पनि आज तपाईंले निकाल्नुहुनेछ । पुरानो समस्या सुल्झिन सक्छ । तपाईंको प्रेमीको मुड पनि ठिक हुनेछ । अविवाहितका लागि समय राम्रो छ । विवाहितहरुले आफ्नो पार्टनरबाट सहयोग पाउनेछन् र सफलता पनि । व्यवसायिक सफलतामा खुसी हुनुहुनेछ । कतै घुम्न पनि जाने सम्भावना छ । आफ्नो कामकाजमा जीवनसाथीको सहयोग पाउन सक्नुहुन्छ । तपाईंको सामाजिक सम्मान बढ्नेछ । नकारात्मकः आज तपाईं कुनै पनि चुनौती नलिनुहोस् । यो तपाईंको लागि हानिकारक हुनेछ । कसैलाई चाँडै नै विश्वास नगर्नुहोस् । प्रेमः कुनै महत्वपूर्ण निर्णय जीवनसाथीलाई भनेर मात्र लिनुभयो भने फाइदा हुनेछ । करियरः फसेको पैसा फिर्ता आउन सक्छ । व्यवसायीक यात्राको योग छ । विद्यार्थीले कम मेहनतमा राम्रो सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको दुखाई र मौसमी रोगले तपाईंलाई केही समस्यामा पारेको हुन्छ ।
९)मेष राशीः
सकारात्मकः आफ्नो कामकाज निकै होस पुर्याएर गर्नुहोस् । सानोभन्दा सानो कुरा पछि गएर सबैभन्दा महत्वपूर्ण हुनसक्छ । अचानक तपाईंको काममा आनन्द आउन सक्छ । कुनै कुराले तपाईंलाई खुसी बनाउन सक्छ । आर्थिक रुपमा दिन राम्रो छ । व्यवसायीक कामकाजमा तपाईंको चिन्ता सिद्धिन सक्छ । दैनिक गर्ने काममा तपाईंले सफलता पाउनुहुनेछ । आज तपाईंले परिवारका कुनै पनि सदस्यको कुरालाई नराम्रो नमान्नुभयो भने तपार्ईंको लागि राम्रो हुन्छ । तपाईंले आज नैतिक जिम्मेवारी पनि निभाउन सक्नुहुन्छ । यदि साथीहरुमा मतभेद छ भने त्यो आजको दिन समाप्त हुनसक्छ । नकारात्मकः रिसमा संयमता आवश्यक छ । रिसका कारण तपाईंको धेरै काम बिग्रन सक्छ । सावधान हुनुहोस् । आज सवारीसाधनको जाँच गराउनुहोस् । कुनै पुरानो कुराले तपाईंलाई तनावमा राख्नसक्छ । के गर्ने र के नगर्नेः एउटा सिक्कालाई जमिनमा गाड्नुहोस् । प्रेमः पार्टनरसँग तपाईंको समय बित्नेछ । पार्टनरले तपाईंको भावनालाई सम्मान दिनेछ । करियरः पार्टनरशिपको लागि समय राम्रो छ । व्यवसायीक मानिसहरुमा पदोन्नतीको अवसर पैदा हुन्छ । विद्यार्थीहरुले सफलता पाउने योग छ । स्वास्थ्यः स्वास्थ्य राम्रो हुनेछ । पुरानो रोग पनि बिस्तारै हराउँदै जान्छ ।
१०)मकरः
सकारात्मकः जीवनसाथीबाट अवश्यक पनि हिम्मत पाउनुहुनेछ । आम्दानी सामान्य रहनेछ । रोकिएको पैसा पाउनसक्नुहुन्छ । नयाँ कामको लागि योजना बनाउन थाल्नुहुनेछ । समस्या हुँदा हुँदै पनि आफूलाई सम्हाल्नुहुनेछ । मनमा चलिरहेको कुरा कसैलाई पनि भन्नु भएन भने तपाईं अघि बढ्न सक्नुहुन्छ । काममा मन लाग्नेछ । यद्यपी, कुनै काम मन नलागे पनि गर्नुपर्ने हुन्छ । आज तपाईं नयाँ मानिसहरुसँग भेट्नुहुनेछ । मानिसहरुको कामकाजमा चुपचाप नजर पनि राख्नुहोस् । केही नयाँ सिक्नुहुनेछ । नकारात्मकः तपाईंको केही काम पूरा नभए तनाव नलिनुहोस् । धेरै कुरामा आफूलाई आजको दिनमा नियन्त्रण गर्नुहोस् । पुरानो केही कुराले पनि आज तपाईंलाई तनावमा राख्न सक्छ । नकारात्मक विचारलाई व्यक्त नगर्नुहोस् । धैर्य राख्नुहोस् र समय आफू अनुकुल नभएसम्म कुर्नुहोस् । केही नीजि विषय सुल्झाउन कठिन पनि हुनसक्छ । प्रेमः पार्टनरको लागि केही महँगो सामान पनि आज तपाईंले खरिद गर्नसक्नुहुन्छ । प्रेम जीवनको लागि तपाईंको दिन राम्रो छ । करियरः कार्यस्थलमा वातावरण राम्रो हुनेछ । रोकिएको पैसा पाउनुहुनेछ । विद्यार्थीको लागि दिन सामान्य रहनेछ । स्वास्थ्यः स्वास्थ्यको हिसाबले दिन ठिकै रहनेछ । पुरानो रोग हराउँदै जान्छ ।
११) कुम्भः
सकारात्मकः आज कुनै ठूलो निर्णय लिनु छ भने सोचेर मात्र लिनुहोस् । मानिसहरुको धारणा राम्रोसँग सुन्नुहोस् । मद्दत गर्ने र मद्दत लिएर अघि बढ्ने दिन हो आज । अरुलाई सहयोग गर्ने मौका आज तपाईंले पाउनुहुनेछ । साथीहरु पनि आज तपाईंलाई फाइदा दिने किसिमका हुन्छन् । आज तपाईंले जुन मानिसहरु भेट्नुहुन्छ उनीहरुले तपाईंका लागि पछिसम्म मद्दत गर्नेछन् । नयाँ मानिसहरुलाई भेट्न नहिच्किचाउनुहोस् । समय तपाईंको साथमा छ । व्यापारमा जोखिम सम्भव छ तर तपाईंले अवश्य पनि सफलता पाउनुहुनेछ । नकारात्मकः केही पारिवारिक विषयमा मधुरता कम हुनेछ । प्रतिष्ठा सम्बन्धि चिन्ताले आज तपाईंलाई सताउनेछ । आज स्वास्थ्यको विषयमा सावधान रहनुहोस् । प्रेमः पार्टनरसँग नचाहिँदो बहस हुनसक्छ तर बिस्तारै सबै ठिक हुन्छ । करियरः यात्रामा जाने कार्यक्रम छ भने खुसी भएर जानुहोस् । यात्रा सुखमय हुनेछ । विद्यार्थीका लागि आजको दिन समस्याले भरिएको हुनसक्छ । स्वास्थ्यः आजको दिन आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् ।
No comments: