Breaking News

News

Health

Sports

Entertainment

Videos

नुहाउदै गरेको बेला |

बाह्रसिंगालाई पिज्जा डेलिभरी तालिम ! (भिडियो सहित)

आगामी दिनमा अब कुनै जंगली बाह्रसिंगा मृग तपाइँको घरबाहिर पिज्जा बोकेर आयो भने अचम्म नमान्नुहोला । प्रतिस्पर्धाको यो दुनियामा हर व्यवसायी चाहन्छ की आफ्नो व्यवसाय अरुको भन्दा धेरै सफल होस्, फरक होस् अनि ग्राहकहरुको नजरमा फरक पहिचान कायम गर्न सकियोस् । यहीँ लहडमा एउटा जापानी पिज्जा कम्पनीले अनौठो प्रयोग गर्दैछ । पिज्जा कम्पनी डोमिनोज बाह्रसिंगा मृगलाई पिज्जा डेलिभरीको तालिम दिइरहेको छ । हिउँ परेको तथा निकै चिसो याममा पनि ग्राहकको माग अनुसार पिज्जा समयमै डेलिभरी गर्न सकियोस् भनेर बाह्रसिंगाको प्रयोग गर्ने सोँच कम्पनीको छ । आगामी क्रिसमसमा बाह्रसिंगाबाट पिज्जा डेलिभरी गराउने तयारी कम्पनीको छ । स्मरण रहोस् यसअघि कम्पनीले ड्रोनबाट पिज्जा डेलिभरी गराउँदै आएको छ । कम्पनीले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा कर्मचारीहरुले बाह्रसिंगालाई तालिम दिइरहेका छन् । बाह्रसिंगा चिसो तथा हिमपातग्रस्त क्षेत्रमा पनि सजिलै जान आउन सक्छ । पिज्जा डेलिभरी गर्ने मृगमा जिपिएस जडान गरिनेछ । जसबाट जिपिएस आफ्नो लक्ष्यमा पुगेको र बाटोे नबिराएको निश्चित गर्न सकिनेछ । बाह्रसिंगाले ८० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएर पिज्जा डेलिभरी गर्न सक्ने कम्पनीका कर्मचारी बताउँछन् ।
 भिडियो ह्रेनुहोस

नेपालको साहिसिक खेल बुन्ज़ी जम्प गरेको भिडिओ हेर्नुहोस |

नेपालको इतिहासलाई हेर्दा

नेपाल सानो छ तर सुन्दर छ जस्तै आखाको नानी जस्तो |

कार्तिक मसान्तसम्म प्रतिवेदन बुझाउने सिमा निर्धारण आयोगको तयारी

काठमाडौं– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्तक्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले कात्र्तिक मसान्तसम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनका आयो भने स्थानीय तहको चुनावका लागि बाटो खुला हुन्छ । यसकारण यो आयोगको प्रतिवेदनलाई महत्वका साथ हेरिएको छ ।

सोमबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष बालानन्द पौडेलले जिल्लास्तरिय प्राविधिक समितिले प्रतिवेदन बुझाएलगत्तै ढिलोमा मंसिरको पहिलो हप्ताभित्र प्रतिवेदन बुझाउने जानकरी दिए ।

उनले अधिकाश जिल्लामा प्राविधिक समितिले सरोकारवालाहरुसँग छलफल गरेर प्रतिवेदन तयार पारिरहेकाले केही दिनमै आयोगमा आइपुग्ने विस्वास व्यक्त गरे । उनले आयोगको मापदण्ड अनुसार जिल्ला तहबाट प्रतिवेदन नआए आयोगले आफैं प्रतिवेदन तयार पार्ने स्पष्ट पारे ।

हिमाली र पहाडी जिल्लाहरुमा प्रतिवेदन तयार पार्ने कम जारी रहेपनि तराइका जिल्लाहरुमा भने मधेसवादी दलहरुले अवरोध गरेको आयोगले जनाएको छ । अध्यक्ष पौडेलले मधेस केन्द्रित दलहरुको माग पूरा गर्न पनि स्थानिय तहको सीमा निर्धारण गर्न जरुरी रहेको बताए । उनले मधेसी मोर्चाका मागसमेत समेटेर आयोगले प्रतिवेदन तयार पार्न चाहेकाले आयोगलाई सहयोग गर्न आग्रह गरे ।

सरकारले यसअघि सरकारले तोकेको ५ सय ६७ गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउन अन्तिम तयारी गरेका बेला संख्या बढाएर ७ सय ४४ पुर्याएपछि आयोगले फेरि सिमा हेरफेर गरेर प्रतिवेदन पेश गर्न जिल्लास्तरिय प्राविधिक समितिले काम गरीरहेको आयोगले जनाएको छ । नयाँ मापदण्ड अनुसार प्रतिवेदन तयार पार्न सरोकारवालाहरुको सुझाव समेटेर प्राविधिक समितिलाई निर्देशन दिएको पौडेलले जानकारी दिए ।

आयोगलाई जनसंख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सिमाना निर्धारण गर्ने अधिकार तोकिएको छ ।



Top