Breaking News

News

Health

Sports

Entertainment

Videos

मरुभूमिमा यसरी गरिन्छ पानीको खेती |

पानी बिना जीवनको अस्तित्व असम्भव छ भन्ने कुरा हामीलाई थाहा छ र महसुस पनि गर्न सकिन्छ । बाँच्नका लागि जसरी भए पनि पानीको जोहो गर्नैपर्ने हुन्छ । पिउने पानीको जोहो गर्ने सिलसिलामा मोरक्कोले आफ्नो देशका मरुभूमिमा पानीको अनौठो खेती सुरु गरेको छ । त्यहाँको मरुभूमिमा पानी उत्पादन गर्नका लागि हावामा रहेको ओसलाई जम्मा गर्ने अनौठो प्रविधिको प्रयोग भइरहेको छ । यो प्रविधिबाट उत्पादन गरिएको पानीले ५ गाउँका ४ सय मानिसहरुलई पानीको आपूर्ती भैरहेको छ । सुख्खा तथा खाली मरुभूमिका खुला ठाउँहरुमा फग क्याचर अर्थात् हुस्सु समात्नेवाला जाल हालिएको छ । उक्त जाल अत्याधुनिक हो । त्यसमा रहेको प्रविधिले हुस्सु तथा हावामा रहेको ओसिलोपनाबाट पानी छुट्टाएर जम्मा गर्दछ । यसरी निकालिएको पानीले केवल गाउँलेहरुको घाँटी रुझेको मात्र छैन, मरुभूमिमा समेत पानी पोखिनाले रुखबिरुवा उमि्रन थालेका छन् ।

कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

३० मंसिर, काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार बोर्डले ११ कक्षामा १ विषयमा अनुत्तीर्ण भएका परीक्षार्लाथीको माघ ८ गते मौका परीक्षाको लिने छ । परीक्षाको नतिजा बोर्डको वेबसाइट neb.ntc.net.np मा हेर्न सकिन्छ ।

Top