विराटनगरमा रहेकी फूपू घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आर पी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानकारी दिइन्।
'विराटनगर फूपूको घरमा बेलुका खानपिन गरेर सुत्नुभएको रहेछ। बिहान फूपूले किन ढिलासम्म उठेन भनेर हेर्न जाँदा उहाँले मृत भेट्टाउनु भएछ', दीपाले भनिन्।
भट्टराई चारदिन अगाडि त्यता गएका थिए।
'तीतो सत्य'का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन्।
उनले हास्यव्यङ्ग्य एल्बम समेत सार्वजनिक गरेका छन्।
४२ बर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहबाट पीडित थिए। उनका श्रीमती र २ छोरा रहेका छन्।
No comments: