
बालबालिका र युवतीहरुले आइसक्रिम मन पराउछन । जाडो होस या गर्मी दुवै सिजनमा आइसक्रिमको माग हुन्छ। आइसक्रिम सबैभन्दा पहिले कसले बनायो त ?
पहिला पहिला भारत र चीनका मानिसहरु बरफ र नुनबाट चिज बनाउन सिकेका थिए। चीनका राजबंशहरुले दुध, चामल र पिठो हालेर खानेकुरा बनाउने गर्दथे। जात्रामा जादाँ त्यसलाई बिग्रन नदिनका लाग उनीहरुले बरफमा प्याकिङ गर्ने गर्दथे। बरफले खानेकुरालाई जमाउने गर्दथ्यो।
बरफले जमाएपछिको खानेकुरा सबैलाई मन पर्न थाल्यो। १३ औं सताब्दीमा आइसक्रिम एक जना ब्यापारीले युरोपमा लिएर गए। त्यहाँ धेरैले मन पराए। १६ औं सताब्दीमा इटली र फ्रान्समा हेनरी द्धितियले आइसक्रिम ल्याए।
१७ सताब्दीको सूरुमा आइसक्रिमलाई शाही भोजनमा बनाउन थालिएको थियो। इल्याण्डको चाल्र्स प्रथमले कुक डिमाकरे ल्याएर ५ सय तलव दिएर आइसक्रिम बनाउन लगाए।
पछि उनको मृत्यु भयो। त्यसबेलासम्म आइसक्रिमको ब्यापार युरोपमा निकै राम्रो भयो। पछि विस्तारै संसारका प्रायजसो देशहरुमा पुग्यो।
जुन आज हामी स्वाद लिइरहेका छौं। १९ औं सताब्दीका अमेरिकन शैली शेडले पार्टेवल फ्रिजको आविस्कार गरे। दुध, क्रिम, चिनी , नट्स हालेर आइसक्रिम बनाए ।
No comments: