Breaking News

News

Health

Sports

Entertainment

Videos

बच्चा पाउनुको खुसी केवल एक वर्षका लागि मात्र !

बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने बच्चा पाउँदैमा मानिस सधैंभरीलाई खुसी नहुनेे देखाएको छ । अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बच्चा पाएपछिको अभिभावकत्वको खुसी केवल १२ महिना मात्र टिक्दछ । तर त्यो समयपछि वस्तुपरक सुखद जिवनयापनमा कुनै सुधार हुँदैन । लण्डनमा आयोजित एक सम्मेलनमा पेश गरिएको रिपोर्टमा शोधकर्ता एन्ड्रीयु क्लार्कले भनेका छन्, ‘बच्चा पाउनुले मानिसको सुखद जिवनयापनमा प्रणालीबद्ध रुपमा ठूलो प्रभाव पार्ने तथ्य हामीले फेला पारेनौं ।’ तर जिवनमा जिवनसाथी हुनुले भने मानिसको सुखद जिवनयापनमा ठूलो प्रभाव पार्दछ । पार्टनर हुनुको सकारात्मक प्रभाव समयक्रमसँगै घट्ने भन्ने हुँदैन जिवनपर्यन्त रहन्छ । तर बच्चा हुनुको हकमा भने यो लागू हुँदैन । बच्चा पाउने कुराको कल्पना गर्नु, परिवारमा बच्चा भएमा जिवन निकै खुसीपूर्ण हुने कुराको कल्पना गर्नु राम्रो हो । तर बच्चा हुनुको मज्जा भने केवल १२ महिनासम्म मात्र कायम रहन्छ । तर शोधकर्ताहरुले बच्चा जन्मिएको सुरुको ४ वर्षको अध्ययन गरेर मात्र यो निष्कर्ष निकालेको हुनाले त्यसपछिका वर्षहरुमा परिवारमा जन्मिएका बच्चाहरुले अभिभावकको सुखद जिवनमा पार्ने प्रभावको अझै अध्ययन हुनु आवश्यक रहेको बताइएको छ । आफ्नो सन्तान हुनु दीर्घकालमा अझ बुढेसकालमा अभिभावकका लागि निकै फलदायी हुनसक्ने तर्फ शोधकर्ताहले आशा व्यक्त गरेका छन् ।बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने बच्चा पाउँदैमा मानिस सधैंभरीलाई खुसी नहुनेे देखाएको छ । अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बच्चा पाएपछिको अभिभावकत्वको खुसी केवल १२ महिना मात्र टिक्दछ । तर त्यो समयपछि वस्तुपरक सुखद जिवनयापनमा कुनै सुधार हुँदैन । लण्डनमा आयोजित एक सम्मेलनमा पेश गरिएको रिपोर्टमा शोधकर्ता एन्ड्रीयु क्लार्कले भनेका छन्, ‘बच्चा पाउनुले मानिसको सुखद जिवनयापनमा प्रणालीबद्ध रुपमा ठूलो प्रभाव पार्ने तथ्य हामीले फेला पारेनौं ।’ तर जिवनमा जिवनसाथी हुनुले भने मानिसको सुखद जिवनयापनमा ठूलो प्रभाव पार्दछ । पार्टनर हुनुको सकारात्मक प्रभाव समयक्रमसँगै घट्ने भन्ने हुँदैन जिवनपर्यन्त रहन्छ । तर बच्चा हुनुको हकमा भने यो लागू हुँदैन । बच्चा पाउने कुराको कल्पना गर्नु, परिवारमा बच्चा भएमा जिवन निकै खुसीपूर्ण हुने कुराको कल्पना गर्नु राम्रो हो । तर बच्चा हुनुको मज्जा भने केवल १२ महिनासम्म मात्र कायम रहन्छ । तर शोधकर्ताहरुले बच्चा जन्मिएको सुरुको ४ वर्षको अध्ययन गरेर मात्र यो निष्कर्ष निकालेको हुनाले त्यसपछिका वर्षहरुमा परिवारमा जन्मिएका बच्चाहरुले अभिभावकको सुखद जिवनमा पार्ने प्रभावको अझै अध्ययन हुनु आवश्यक रहेको बताइएको छ । आफ्नो सन्तान हुनु दीर्घकालमा अझ बुढेसकालमा अभिभावकका लागि निकै फलदायी हुनसक्ने तर्फ शोधकर्ताहले आशा व्यक्त गरेका छन् ।

श्रीमानले चलाएको ट्याक्टरबाट खस्दा श्रीमतीको मृत्यु |

मंसिर २५, २०७३- नवलपरासीको मध्यविन्दु नगरपालिका–९ झ्यालबासमा श्रीमान्ले चलाएको ट्याक्टरबाट खसेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार शुक्रबार राति चोरमारामा लु २ त १२ २३ नम्बरको ट्याक्टरबाट खसेर मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष ४८ कि सुनही महतोको ज्यान गएको हो । ट्याक्टर चालक सुकाराम महतोले चलाएको ट्याक्टरबाट खसेर गम्भीर घाइते महत्तोको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।

रहेनन् हास्य कलाकार 'लाजालाम' अर्थात् आर पी भट्टराई

राजालाम' नामबाट चर्चित रहेका कलाकार आर पी भट्टराईको निधन भएको छ। चर्चित हास्य टिभी श्रृखंलाबाट 'राजालाम मेरो नाम' संवादका लागि चर्चित भट्टराई बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका हुन्। 
विराटनगरमा रहेकी फूपू घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आर पी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानकारी दिइन्।
 'विराटनगर फूपूको घरमा बेलुका खानपिन गरेर सुत्नुभएको रहेछ। बिहान फूपूले किन ढिलासम्म उठेन भनेर हेर्न जाँदा उहाँले मृत भेट्टाउनु भएछ', दीपाले भनिन्।
 भट्टराई चारदिन अगाडि त्यता गएका थिए। 'तीतो सत्य'का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन्।
 उनले हास्यव्यङ्ग्य एल्बम समेत सार्वजनिक गरेका छन्। ४२ बर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहबाट पीडित थिए। उनका श्रीमती र २ छोरा रहेका छन्।

८७ बर्षको उमेरमा एसएलसी पास गरेका राइटर बजेको ९९ बर्षमा निधन |

असार १० । काठमाडौं,८५ वर्षको उमेरमा एसएसली पास गरेर राष्ट्रिय चर्चामा आउनु भएका राइटर बाजे अर्थात बलबहादुर कार्कीको निधन भएको छ । ०५७ सालमा ८५ वर्षको उमेरमा एसएलसी पास गरेका राइटर बाजेको ९९ वर्षको उमेरमा सोलुखुम्बुको काँगेलस्थित निवासमै सोमबार राति निधन भएको हो । सदरमुकाम सल्लेरीबाट ५ घण्टा पैदल हिँडेपछि पुगिने काँगेल गाविस-८ घर भएका राइटर बाजेले ०५७ सालमा जीवनजायोति उच्च मावि नेलेबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । कार्कीले गाई गोठालो गर्दै एसएलसी दिएर उत्तीर्ण हुनु भएको थियो । ‘पढ्नु भनेको जान्नु,बुझ्नु हो, जागिरै खानुपर्छ भन्ने छैन’ भन्ने राइटर बाजेले पढ्नलाई उमेरले नछेक्ने सन्देश दिदै संसारबाट बिदा हुनु भयो । एसएलसी उत्तीर्ण गरेपछि भने पढाईलाई अघि बढाउन सक्नु भएको थिएन । पटक पटक दिँदा पनि असफल भएका राइटर बाजे ८५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेपछि चर्चामा आउनु भएको हो । बयोबृद्ध उमेरमा एसएलसी गरेपछि उनलाई भेट्न सोलुखुम्बुको दुर्गम गाविस काँगेलमै सञ्चारकर्मीदेखि अन्य पेशा व्यवसायका मानिस पनि पुग्ने गर्थे । राइटर बाजेले बि्रटिस सैनिकमा समावेश हुँदै दोस्रो विश्वयुद्द समेत लड्न भ्याउनु भएको थियो । घर नजिकैको काँगेल विमानस्थल बनाउनका लागि राइटर बाजेले १ सय ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । प्रेरणाको स्रोत बन्न सफल बेलायती सैनिकका पूर्व सदस्य राइटर बाजेको आधा जीवन भने गोठालो गर्दैमा बितेको थियो ।एक पटक एसएलसी दिँदैमा आत्महत्या रोज्ने र निराश हुनेहरुका लागि उनी प्रेरणाका गतिलो स्रोत थिए । राइटर बाजेका दुईजना छोरा, चारजना छोरी, १८ जना नातिनातिना र ११ जना पनाति-पनातिना रहेका छन् । बुढेसकालमा एसएलसी उत्तीर्ण गरेपछि चर्चा कमाएका राइटर बाजे तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा प्रधानमन्त्रीका आवेदन हालेका थिए । शाही शासन चलेका बेला ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि स्वच्छ छविको व्यक्तिबाट निवेदन मागेपछि उनी पनि निवेदन हाल्न नारायणहिटी पुगेका थिए । ८७ वर्षको उमेरमा प्रधानमन्त्रीका लागि नारायणहिटीमा निवेदन दर्ता गराउन उनी सोलुखुम्बुबाट काठमाडौं आएका थिए ।

प्लास्टिक बोटलमा रकेको पनि पिउन हुन्छ ? एक पटक हेर्नुहोस |

प्लास्टिकका सामग्री प्रयोग नचाहेर पनि गर्नु पर्छ । किन भने अहिलेको दैनिकीमा प्लाष्टिक बिनाको जीवन करिव करिव असम्भव देखिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ कुन प्लाष्टिकको बस्तु कति समय प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । प्लास्टिकका सामग्री प्रयोग नचाहेर पनि गर्नु पर्छ । किन भने अहिलेको दैनिकीमा प्लाष्टिक बिनाको जीवन करिव करिव असम्भव देखिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ कुन प्लाष्टिकको बस्तु कति समय प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । प्लाष्टिकका भाँडोमा तलबाट त्रिकोण आकारमा केही लेखिएको हुन्छ । जुन धेरै मानिसले वास्ता गर्दैनन् । यो प्लाष्टिकलाई पुनः साइकलिङ गर्ने भन्ने कुराको प्रतिक हो । यसलाई रेजिन आइडेन्टिफिकेशन कोड भन्ने गरिन्छ । सोसाइटी अफ द प्लास्टिक इण्डस्ट्रीले जारी गर्ने यस्तो कोड अमेरिकाको औद्योगिक क्षेत्रको कोड हो । के कुरामा ध्यान दिने ? -प्लाष्टिकको भाँडोमा हुने उक्त चिन्हले पोलिइथाइलीन टेरेप्थालेटलाई दर्शाउँछ । यस्तो प्लाष्टिकका भाँडा सफा देखिन्छन् । यस्तो प्लाष्टिकले बनेका भाँडा मदिराजन्य पदार्थ राख्न प्रयोग गरिन्छ । लामो समय सम्म प्लाष्टिको भाडाँमा कुनै खाद्य पदार्थ राख्नु घातक हुन्छ । -प्लाष्टिकको बोटलमा हुने हाई डेनसिटी पोलीइथाइलीनले प्लाष्टिकलाई मोटो र धमिलो देखाउँछ । यस्ता भाँडामा दुधका पदार्थ तथा धुलो पाउडर दुध जस्त पदार्थ राख्न सकिन्छ । यस्तो प्लाष्टिकमा लामो समय सम्म खाद्य पदार्थ राख्नु सुरक्षित नै मानिन्छ ।

Maize Production in Nepal

Maize is the second most important crop on Nepal. It is cultivated in 824525 hectare area. Its total production as about 1484112 metric tons. Its average productivity is 1800 kilograms per hectare. The Hill area that extends from east to west is the most important maize growing area. Eastern, Central and Western Hill are the highest maize growing areas of the country. Chitwan district ranks first in maize production. It produces 4.12 percent of the total maize production. Kavre and Tanahun districts rank second and third position which produce 3.44 percent and 3.2 percent of this total maize productions respectively. Maize production is less in Mustang, Humla, Rupandehi and Siraha districts. The prodctivity of maize is observed highest in Kathmandu while it is lowest in Manang and Gulmi.

तपाईंको राशीको लागि यस्तो हुनेछ डिसेम्बर महिनाको सुरुवात

 १) ककर्टः  सकारात्मकः आज तपाईंले केही रोचक अवसर पनि पाउनुहुनेछ । दिमागमा    थुप्रै प्रकारको विचार आउँदै जाँदै गर्छन् र यत्तिकैमा तपाईंको दिन बित्नेछ । आज व्यवसाय सम्बन्धि केही नयाँ विचार आउन सक्छन् । बनाइएका केही योजना पनि आज पूरा हुन सक्छन् । प्रतिष्ठा बढ्न सक्छ । तपाईं खुसी हुनुहुनेछ । आमा बुवासँग सम्बन्ध मधुर रहनेछ । व्यापारमा नयाँ सम्झौता पनि हुनसक्छ जसको फाइदा तपाईंलाई आउने दिनहरुमा हुनेछ । नकारात्मकः विरोध र विवादको योग बनेको छ । आफन्तले तपाईंलाई तनावमा पार्न सक्छन् । तपाईंले आज दुश्मनको सामना गर्नुपर्ने हुन्छ । बेकारको काममा समय बर्बाद हुनेछ । नीजि सम्बन्धको विषयमा भाग्यले तपाईंलाई साथ नदिएपछि तपाईं तनावमा हुनुहुनेछ । खानपिनमा सावधान हुनुहोस् । आज तपाईंको अनावश्यक खर्च अझै बढ्नेछ । प्रेमः प्रेम जीवन सामान्य रहनेछ । पुरानो कुराले मतभेद हुनसक्छ । प्रेम पनि रहिरहन्छ । करियरः अधिकारीहरुको सहयोग मिल्नेछ । पदोन्नतीको अवसरको योग छ । विद्यार्थी आलश्य र थकानले तनावमा हुनेछन् । स्वास्थ्यः पेटको समस्या हुनसक्छ । मसालेदार खानेकुरा नखानुहोस् ।





२)सिंहः
सकारात्मकः मनलाई सकारात्मक राख्नुभयो भने घर परिवारदेखि अफिससम्म सबै राम्रो हुनेछ । परिवारको समस्या बिस्तारै बिस्तारै सुल्झिदै जान्छ । कुनै साथी वा प्रेमीबिचको तितोपना सेलाउँछ । तपाईंको नजिक रहेका मानिसहरु तपाईंसँग सन्तुष्ट हुनुहुनेछ । आजको तपाईंको ऊर्जालाई केही रचनात्मक काममा लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई धेरै हदसम्म सफल बनाउनेछन । तपाईंले बनाएको योजना पनि पूरा हुन्छ । आज तपाईं कुराले नै आफ्ना वरिपरिको मानिसलाई प्रभावित बनाउनुहुनेछ । नकारात्मकः आज जुन सुकै काम गर्नुहुन्छ त्यसको नतिजालाई ध्यानमा राखेर गर्नुहोस् । आज तपाईंले हरेक काम सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । स्वार्थी मानिसहरुसँग सम्बन्ध भएकाले तपाईंलाई यसले हानी पुर्याउँछ । तपाईंका विरोधी प्रबल रहनेछन् । परिस्थिती तपाईंको विरोध पनि हुनसक्छ । रिसलाई नियन्त्रण गर्नुहोस् । प्रेमः पार्टनरबाट सहयोग र पैसा पाइने यो छ । करियरः व्यापार र व्यवसायमा संलग्न मानिसहरुका लागि दिन सामान्य छ । विद्यार्थीले निकै कडा मेहनत पछि मात्र सफल हुनेछन् । स्वास्थ्यः स्वास्थ्यको विषयमा चिन्तित हुनुहुनेछ । खानपिनमा सावधान हुनुहोला ।

३)कन्या :
सकारात्मकः  नजिकका मानिसहरुले सहयोग गर्नेछन् । सोचेको काम आज पूरा हुनेछ । घरमा चहलपहल बढ्नेछ । केही सुधार र मर्मतको काम पनि हुनसक्छ । यदि घर परिवर्तन गर्न विषयमा पनि सोच्नसक्नुहुन्छ । सन्तानको उन्नती हुनेछ । माता पितासँगको सम्बन्धमा सुधार हुनसक्छ । प्रेम जीवनमा पनि धेरै सुधार आउन सक्छ । नयाँ कामको योजना बन्नेछ । नजिकैका साथीबाट सहयोग मिल्नेछ । नकारात्मकः दिन थोरै तनावपूर्ण हुनसक्छ । आज तपाईं कुनै पनि नयाँ निर्णय लिनबाट बच्नुहोस् । मानसिक तनाव धेरै हुनसक्छ । आज तपाईं कुनै गलत सुचनाका कारण गलत दिशामा अघि बढ्नुहुनेछ । सावधान रहनुहोस् । कुनै पनि सूचनालाई आँखा बन्द गरेर विश्वास नगर्नुहोस् । उत्तेजनामा नियन्त्रण राख्नुहोस् । जे सोच्नुभएको छ त्यो काममा थोरै समस्या आउनसक्छ । प्रेमः पार्टनरले सरप्राइज दिनेछन् । प्रेम र सहयोग मिल्नेछ । करियरः परिवार र कार्यस्थलमा खर्च बढ्न सक्छ । व्यापारीहरुका लागि दिन राम्रो छ । विद्यार्थीका लागि दिन राम्रो छैन । केही बढि मेहनत गर्नुपर्नेछ । स्वास्थ्यः पेटको समस्याको समाधान गर्नुपर्ने हुन्छ ।


 ४)तुलाः
सकारात्मकः चन्द्रमा राम्रो स्थितीमा हुनेछ र तपाईंको काम पुरा हुनेछ । आज तपाईंको मेहनतको पूरा फाइदा हुनेछ । कुनै राम्रो खबर र ठूलो सफलताको खुसी आज तपाईंले पाउनुहुनेछ । अचानक केही फाइदा पनि पाउनुहुनेछ । तपाईंलाई चाँडै नै अतिरिक्त आम्दानी हुने योग छ । आज केही बचत गर्ने निर्णय गर्नुभएको छ भने त्यो तपाईंको लागि निकै राम्रो हुनेछ । कुराकानीमा तपाईं निकै सफल हुनुहुनेछ र कुनै पनि विषयमा तपाईं कुराकानी गर्न सक्नुहुन्छ । व्यापार व्यवसाय राम्रो चल्नेछ । तपाईंको नजिकको मानिसहको सहयोग पाउनुहुनेछ । नकारात्मकः घर परिवारको केही विषयमा धेरै पैसा खर्च हुनसक्छ । केही विषय तनावपूर्ण हुनुसकछ । केही साथीको सहयोग नपाएपछि तपाईंको मूड त्यति राम्रो नहुनसक्छ । प्रेमः पार्टरनले तपाईंको भावना बुझ्नेछन् । दिन राम्रो रहनेछ । करियरः व्यवसायको विषयमा तनाव रहँदैन । मेडिकल विद्यार्थीहरुको पनि सामान्य सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको समस्याले केही तनावमा पार्न सक्छ ।

५) वृश्चिकः
सकारात्कः आज तपाईं निराशावादी मानसिकतालाई नियन्त्रणमा राख्न प्रयास गर्नुहुनेछ । तपाईं यसमा सफल पनि हुनुहुनेछ । तपाईं बिस्तारै आफ्नो स्वभाव र चालढालमा फर्कनुहुनेछ । आज तपाईंले केही प्रभावशाली कुरा पनि गर्ने सम्भावना छ जसलाई मानिसहरुले सुन्न चाहनेछन् । पैसाको स्थितीमा सुधार ल्याउनका लागि तपाईं पूर्ण रुपमा कोसिस गर्नुहुनेछ । आउँदो दिनमा तपाईंको आर्थिक स्थिती निकै राम्रो हुनेछ । तपाईंलाई आज धन लाभ हुनेछ । पार्टनरसँग आफ्नो सबै कुरा भन्नुहोस् । साथीभाइको सल्लाह लिनुहोस् । तपाईंको कार्यकुशलता बढ्नेछ र मान सम्मान पनि बढ्नेछ । नकारात्मकः आज तपाईं निकै ध्यान दिएर खर्च गर्नुहोस् । भावनामा बगेर बोल्दा नोक्सानाी हुनसक्छ । खर्चमा कमी गर्न आवश्यक छ । प्रेमः समय पार्टनरसँगै बित्नेछ । करियरः व्यापारामा कुनै नयाँ कुरामा तपाईंको ध्यान रहनेछ । केही विद्यार्थीले सोचेभन्दा बढि सफलता पाउनेछन् । स्वास्थ्यः तपाईंको स्वास्थ्य राम्रो हुन्छ । थकान हट्नेछ । 


)धनुः
सकारात्मकः तपाईंको लागि दिन राम्रो छ । तपाईंले आज सोच्नुभएकै नतिजा पाउनुहुन्छ । मनमा स्थिरता रहनेछ । केही रोकिएको काम सजिलै पूरा हुनेछन् । स्थिती तपाईंको लागि राम्रो बन्नसक्छ । तपाईंको ध्यान महत्वपूर्ण कुरामा नै केन्द्रित रहनेछ । केही विशेष भेटघाट हुनसक्छ । कसैलाई भेट्न जानसक्नुहुन्छ । आज तपाईंको धेरैजसो काम अचानक पूरा हुनेछ । घर परिवार र व्यवसाय कामकाजमा आज तपाईंको समस्या कम हुनसक्छ । प्रिय व्यक्तिसँग भेटघाट हुनसक्छ । तपाईंको धेरैजसो निर्णय सहि हुनसक्छन् । नकारात्मकः मनमा कुनै शंका पनि आउनसक्छ । तपाईंको मन मेहनतमा कम नै रहनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धि तपाईंलाई चिन्ता लाग्न सक्छ । कसैलाई उधारो दिन सावधान हुनुहोस् । प्रेमः पार्टनरप्रति आफ्नो व्यवहार सुधार्नुहोस् । करियरः विद्यार्थीको लागि दिन सामान्य रहनेछ । केही नयाँ हुनेछैन । पढाईमा मन लाग्नेछ । साथीको मद्दत मिल्नेछ । स्वास्थ्यः आज तपाईंको स्वास्थ्य पहिलेको भन्दा सामान्य हुनेछ । पेटको रोग पनि हराउँदै जान्छ ।

 ७)मीनः
सकारात्मकः आफ्नो काममा ध्यान दिनुहोस् । फाइदा हुनेछ । अफिसमा काम धेरै हुनेछ । यसले पनि तपाईंलाई फाइदा पुर्याउनेछ । यात्राको कुनै कार्यक्रम अचानक स्थगित पनि हुनसक्छ जसले तपाईंलाई नै फाइदा पुर्याउनेछ । जागिरको नयाँ अवसर र जागिरमा प्रगतीको मौका पनि आजको दिनमा हुनसक्छ । कार्यक्षेत्रमा अपेक्षा गरेभन्दा बढि सफलता पाइनेछ । सन्तानको कामले सन्तोष दिलाउनेछ । आज तपाईंको रोकिएको पैसा फिर्ता पाउने सम्भावना छ । नकारात्मकः आज सरल काम कठिन हुनसक्छ र कामकाजको बोझ अचानक बढ्नसक्छ । सावधान हुनुहोस् । लेनदेनको कामलाई सुल्झाउनुहोस् । प्रेमः पार्टनरलाई सम्मान दिनुहोस् । पार्टनरलाई सहयोग गर्नु आवश्यक छ । करियरः व्यापारको लागि समय राम्रो छ । तपाईं मेहनतले काम गर्नुहोस्, सफलता पाउनुहुनेछ । विद्यार्थीको लागि समय थोरै नकारात्मक छ । स्वास्थ्यः स्वास्थ्यको विषयमा थोरै सावधान हुनुहोस् । बाथ रोग हुनसक्छ । 


८)मिथुनः
सकारात्मकः कामकाज र व्यापार व्यवसायमा प्रगती हुनेछ । आज तपाईं खुसी हुनुहुनेछ । आज तपाईं कुनै साथी, परिचित वा कुनै सदस्यका लागि निकै महत्वपूर्ण हुनुहुनेछ । तपाईंमा निकै धेरै ऊर्जा भरिनेछ । समस्याको समाधान पनि आज तपाईंले निकाल्नुहुनेछ । पुरानो समस्या सुल्झिन सक्छ । तपाईंको प्रेमीको मुड पनि ठिक हुनेछ । अविवाहितका लागि समय राम्रो छ । विवाहितहरुले आफ्नो पार्टनरबाट सहयोग पाउनेछन् र सफलता पनि । व्यवसायिक सफलतामा खुसी हुनुहुनेछ । कतै घुम्न पनि जाने सम्भावना छ । आफ्नो कामकाजमा जीवनसाथीको सहयोग पाउन सक्नुहुन्छ । तपाईंको सामाजिक सम्मान बढ्नेछ । नकारात्मकः आज तपाईं कुनै पनि चुनौती नलिनुहोस् । यो तपाईंको लागि हानिकारक हुनेछ । कसैलाई चाँडै नै विश्वास नगर्नुहोस् । प्रेमः कुनै महत्वपूर्ण निर्णय जीवनसाथीलाई भनेर मात्र लिनुभयो भने फाइदा हुनेछ । करियरः फसेको पैसा फिर्ता आउन सक्छ । व्यवसायीक यात्राको योग छ । विद्यार्थीले कम मेहनतमा राम्रो सफलता प्राप्त गर्नेछन् । स्वास्थ्यः जोर्नीको दुखाई र मौसमी रोगले तपाईंलाई केही समस्यामा पारेको हुन्छ ।

 ९)मेष राशीः
सकारात्मकः आफ्नो कामकाज निकै होस पुर्याएर गर्नुहोस् । सानोभन्दा सानो कुरा पछि गएर सबैभन्दा महत्वपूर्ण हुनसक्छ । अचानक तपाईंको काममा आनन्द आउन सक्छ । कुनै कुराले तपाईंलाई खुसी बनाउन सक्छ । आर्थिक रुपमा दिन राम्रो छ । व्यवसायीक कामकाजमा तपाईंको चिन्ता सिद्धिन सक्छ । दैनिक गर्ने काममा तपाईंले सफलता पाउनुहुनेछ । आज तपाईंले परिवारका कुनै पनि सदस्यको कुरालाई नराम्रो नमान्नुभयो भने तपार्ईंको लागि राम्रो हुन्छ । तपाईंले आज नैतिक जिम्मेवारी पनि निभाउन सक्नुहुन्छ । यदि साथीहरुमा मतभेद छ भने त्यो आजको दिन समाप्त हुनसक्छ । नकारात्मकः रिसमा संयमता आवश्यक छ । रिसका कारण तपाईंको धेरै काम बिग्रन सक्छ । सावधान हुनुहोस् । आज सवारीसाधनको जाँच गराउनुहोस् । कुनै पुरानो कुराले तपाईंलाई तनावमा राख्नसक्छ । के गर्ने र के नगर्नेः एउटा सिक्कालाई जमिनमा गाड्नुहोस् । प्रेमः पार्टनरसँग तपाईंको समय बित्नेछ । पार्टनरले तपाईंको भावनालाई सम्मान दिनेछ । करियरः पार्टनरशिपको लागि समय राम्रो छ । व्यवसायीक मानिसहरुमा पदोन्नतीको अवसर पैदा हुन्छ । विद्यार्थीहरुले सफलता पाउने योग छ । स्वास्थ्यः स्वास्थ्य राम्रो हुनेछ । पुरानो रोग पनि बिस्तारै हराउँदै जान्छ ।

 १०)मकरः
सकारात्मकः जीवनसाथीबाट अवश्यक पनि हिम्मत पाउनुहुनेछ । आम्दानी सामान्य रहनेछ । रोकिएको पैसा पाउनसक्नुहुन्छ । नयाँ कामको लागि योजना बनाउन थाल्नुहुनेछ । समस्या हुँदा हुँदै पनि आफूलाई सम्हाल्नुहुनेछ । मनमा चलिरहेको कुरा कसैलाई पनि भन्नु भएन भने तपाईं अघि बढ्न सक्नुहुन्छ । काममा मन लाग्नेछ । यद्यपी, कुनै काम मन नलागे पनि गर्नुपर्ने हुन्छ । आज तपाईं नयाँ मानिसहरुसँग भेट्नुहुनेछ । मानिसहरुको कामकाजमा चुपचाप नजर पनि राख्नुहोस् । केही नयाँ सिक्नुहुनेछ । नकारात्मकः तपाईंको केही काम पूरा नभए तनाव नलिनुहोस् । धेरै कुरामा आफूलाई आजको दिनमा नियन्त्रण गर्नुहोस् । पुरानो केही कुराले पनि आज तपाईंलाई तनावमा राख्न सक्छ । नकारात्मक विचारलाई व्यक्त नगर्नुहोस् । धैर्य राख्नुहोस् र समय आफू अनुकुल नभएसम्म कुर्नुहोस् । केही नीजि विषय सुल्झाउन कठिन पनि हुनसक्छ । प्रेमः पार्टनरको लागि केही महँगो सामान पनि आज तपाईंले खरिद गर्नसक्नुहुन्छ । प्रेम जीवनको लागि तपाईंको दिन राम्रो छ । करियरः कार्यस्थलमा वातावरण राम्रो हुनेछ । रोकिएको पैसा पाउनुहुनेछ । विद्यार्थीको लागि दिन सामान्य रहनेछ । स्वास्थ्यः स्वास्थ्यको हिसाबले दिन ठिकै रहनेछ । पुरानो रोग हराउँदै जान्छ ।

११) कुम्भः
सकारात्मकः आज कुनै ठूलो निर्णय लिनु छ भने सोचेर मात्र लिनुहोस् । मानिसहरुको धारणा राम्रोसँग सुन्नुहोस् । मद्दत गर्ने र मद्दत लिएर अघि बढ्ने दिन हो आज । अरुलाई सहयोग गर्ने मौका आज तपाईंले पाउनुहुनेछ । साथीहरु पनि आज तपाईंलाई फाइदा दिने किसिमका हुन्छन् । आज तपाईंले जुन मानिसहरु भेट्नुहुन्छ उनीहरुले तपाईंका लागि पछिसम्म मद्दत गर्नेछन् । नयाँ मानिसहरुलाई भेट्न नहिच्किचाउनुहोस् । समय तपाईंको साथमा छ । व्यापारमा जोखिम सम्भव छ तर तपाईंले अवश्य पनि सफलता पाउनुहुनेछ । नकारात्मकः केही पारिवारिक विषयमा मधुरता कम हुनेछ । प्रतिष्ठा सम्बन्धि चिन्ताले आज तपाईंलाई सताउनेछ । आज स्वास्थ्यको विषयमा सावधान रहनुहोस् । प्रेमः पार्टनरसँग नचाहिँदो बहस हुनसक्छ तर बिस्तारै सबै ठिक हुन्छ । करियरः यात्रामा जाने कार्यक्रम छ भने खुसी भएर जानुहोस् । यात्रा सुखमय हुनेछ । विद्यार्थीका लागि आजको दिन समस्याले भरिएको हुनसक्छ । स्वास्थ्यः आजको दिन आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् ।

विश्वास, अन्धविश्वास र उपचार

मंसिर १६, २०७३- ‘प्रार्थना गर्न जान थालेदेखि चट्टै भएको थियो तर....।’ एउटी ४५ वर्षे विवाहित युवती र हामी बीचको संवाद हो यो । आफ्नी २२ वर्षे छोरीलाई विगत ६ वर्षयता हामीकहाँ उपचार गराइरहेकी थिइन्, उनी । रोग ‘साइकोसिस’ तर ६ महिना दुवै बेपत्ताझैं भए । नियमित ‘फलो–अप’ र औषधोपचारले ठिक पनि भइरहेको थियो । ती छोरी कलेज गएर अध्ययन सुचारु बनाउन थालिसकेकी पनि थिइन् । तर कुन प्रेरणाले हो, हामीसँगको उपचार चटक्कै छोडेर चर्च जान थालेछन्, ती आमाछोरी । अनि कुन आधारमा हो, हाम्रो सल्लाहलाई लत्याएर औषधी बन्द गरिछन्, छोरीले । २ महिनासम्म गाह्रोसाह्रो केही परेन, प्रभुको चमत्कार भन्दै दंग परेछन्, सबै । तर रोगको प्रकृति पुन: सुरु भए, पुराना लक्षण अनि विवश भए, ती अस्पतालमै फर्कन ।
 यस्तै घटना, परिघटना दैनन्दिन बनेका छन्, अस्पतालमा अचेल । विभिन्न प्रकारका मानसिक रोग, छारेरोग जस्ता दीर्घ किसिमका बिरामी औषधोपचारका झन्झटिला प्रावधानले हो या त्यसलाई खर्चिलो मानेर या अस्पताललाई अपायक ठानेर हो वा अरू नै कुनै कारणले औषधीलाई बीचैमा छाडेर चर्चमा प्रार्थना गर्न जाने क्रम बढेको छ, अचेल । धर्म परिवर्तन गरेर रोग निको भएको अफवाह चलेको छ, समाजमा । तर रोग झनै जटिल, उपचार झनै गाह्रो बन्दै गइरहेछ । हामी चिकित्सकहरू यस्तो अवस्थामा किंकर्तव्यविमुढ बन्छौं । धर्म परिवर्तन र यससँग सम्बन्धित दृश्य–अदृश्य खेलबारे बोल्न पनि मिलेन, नत व्यक्ति विशेषका आस्था (?) मा प्रश्न उठाउन नै मिल्यो । बीचैमा औषधी छोड्नु बेठिक हो भनी चिकित्सकीय धर्म निर्वाह गर्न सम्झाइ—बुझाइ त गरिन्छ, तर व्यक्तिको विश्वासलाई परिवर्तनै गराउन भने सजिलो छैन ।
 चर्च गएर प्रार्थना गर्ने बाहेक ध्यानमात्र गरेर, योगबाट मात्र उच्च रक्तचाप, मधुमेह, अर्बुद रोगसमेत बिसेक हुने आदि हल्लाहरू पनि व्याप्त छन्, हाम्रो समाजमा । यी सबै अन्धविश्वास नै हुन् भन्ने चेतना विकास हुनु जरुरी भइसकेको छ । 
 यसको मतलब म यस्ता उपचार पद्धतिको भयंकर विरोधी नै हुँ भन्ने अर्थ कदापि नलागोस् । म स्वास्थ्य र अध्यात्ममा समन्वय हुनैपर्छ भनी दृढविश्वास राख्ने चिकित्सक हुँ । ‘ज्ञान—विज्ञानको हात जोड्नुपर्छ कर्ममा’ भन्ने समवाक्य मेरो सिद्धान्तसँग मेल खान्छ । वैज्ञानिक अनुसन्धान अनि शोधकार्यले समेत प्रार्थना, पूजाआजा जस्ता आस्थामा आधारित उपचार प्रक्रिया थुप्रै रोगको द्रुततर उपचारका लागि सहयोगी हुनसक्ने देखाएका छन् ।
 त्यस्तै योग उच्च रक्तचाप अनि एङजाइटीजस्ता रोग नियन्त्रणका लागि उपयोगी बन्न सक्ने अनि ध्यान व्यक्तित्वजन्य समस्याको उपचारमा प्रयोग हुनसक्ने प्रमाणित नै भइसकेका तथ्य हुन् । तर यस्ता उपचार हाम्रो मेडिकल उपचार पद्धतिका परिपूरक मात्र हुनसक्छन् । अर्थात् औषधी सँगसँगै यी उपचार कायम राखेमा बिरामी चाँडै रोगमुक्त हुनसक्छन् । तर यी पद्धति एक्लाएक्लै कदापि काफी हुँदैनन् । बरु हानिकारक नै बन्न सक्छन् ।

 ‘साइकोसिस’ जस्ता मानसिक समस्याको लक्षण दोहोरिने छारेरोगमा पुन: छोप्न थाल्ने, उच्च रक्तचापका कारण प्यारालाइसिससमेत हुनसक्ने यी सबै हल्लाको पछि लागेर मेडिकल उपचार बन्द गर्नुका दुष्परिणाम हुन् । यस्ता प्रचलित मेडिकलेत्तर उपचार विधिमा संलग्नहरूले बिरामीले प्रयोग गरिरहेको उपचार बन्दै गराउनतिर लाग्नुको साटो आफूले जानेको सीपलाई विज्ञानसम्मत रूपमा मेडिकल प्रविधिको परिपूरककै रूपमा माने बिरामीलाई झनै फाइदा हुने थियो कि ? अझ त्यस्ता आस्थामा आधारित उपचारविधि प्रयोगकर्ताहरू त मेडिकल उपचारैका लागिसमेत दूतको रूपमा उपयोगी हुनसक्ने अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् । अर्थात् आफ्ना उपचारविधि कायमै राखी बिरामीहरूलाई डाक्टरकहाँ जाने सल्लाह अनि प्रेरणा दिन सक्षम हुनसक्छन् ती । यसले त झनै उपचार प्रक्रिया छिटै सफलतातिर लाग्न सक्छ ।

 पुनश्च: बिरामीहरूको कमजोरी, लाचारीपन या असहायपनाबाट फाइदा उठाएर धर्म परिवर्तनमा उद्यत गराउने, अझ चलिरहेको औषधीसमेत बन्द गराउने पक्षप्रति आँखा चिम्लिएर कति दिन बस्न सकिएला र ? व्यक्तिसँगै समाजको चेतनास्तर बढ्दै गएपछि यी प्रक्रिया बन्द त होलान् नै । तर पनि जनस्वास्थ्यमा नकारात्मक असर आउन नदिनका लागि जिम्मेवार निकायले यसतर्फ ध्यान दिन थाल्नुपर्ने हो कि ?

Top