Breaking News

News

Health

Sports

Entertainment

Videos

अमेरिकाको न्युयोर्क सिटी कलेजका एकजना कर्मचारीले कलेज प्रशासन विरुद्ध अनौठो उजुरी दर्ता गरेका छन् । श्रीलंकाली मूलका हरेन्द्र हरोल्ड सिरिसेना नामका ती कर्मचारीको गुनासो छ की आफुलाई कुनैपनि काम नगरिकन कलेजले खुरुखुरु वार्षिक झण्डै १ करोड १० लाख रुपैयाँ बराबरको तलब दिएको छ । उनका अनुसार उनले चराचुरुंगी तथा लोखर्केलाई चारो दिएरै अफिसमा धेरै समय बिताउँछन् । बाँकी समय क्रिकेट हेर्छन् । सन् १९९५ मा उनले सिटी कलेज अफ न्युयोर्कमा जागिर सुरु गरेका थिए । उनले कलेजमा विद्यार्थीको शुल्क तथा बिल भुक्तानी लगायतका आर्थिक कारोबार गर्ने बर्सर अफिसमा निर्देशकको रुपमा सेवा प्रवेश गरेका थिए । जागिरका सुरुवाती सालहरु निकै उत्पादनमूलक भएपनि सन् २००३ मा उनलाई एकाएक कामवीहिन बनाइयो र उनले गर्दै आएको काम एक युवा कर्मचारीलाई दिइयो र उनलाई सामान्य बिल काट्ने जिम्म दिइयो । यसरी उनको जिम्मेवारी खोसिएपछि उनी वर्षको १७१ दिन त काम वीहिन भए र केवल ३० दिनमात्र काम गरे पुग्ने भयो । पछिल्लो १३ वर्षमा उनले कलेजबाट तलब भत्ताको रुपमा झण्डै ११ करोड रुपैयाँ बुझिसकेका छन् । अहिले ७२ वर्षका भएका सिरिसेनाले यसबीचमा आफुलाई जिम्मेवारी प्रदान गर्नका लागि कलेज प्रशासनसँग पटक पटक लिखित र मौखिक अनुरोध गरे । तर सुनुवाई भएन । अन्ततः आफुलाई कामवीहिन बनाउने, मनोबल गिराउने र सित्तैमा तलब मात्र दिने विश्वविद्यालयको लापरवाहीलाई उजागर गर्न उनी न्यायको ढोका ढकढकाउने निष्कर्ष पुगे । सिरिसेनाका वकिल तथा पूर्व महान्यायाधिवक्ता ओलिभर कोपेलका अनुसार विश्वविद्यालय विरुद्ध भेदभाव गरेको अभियोगमा मुद्दा हालिनेछ ।

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top