१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नयाँ चरा फेला परेको छ । खुरसोर हात्ती प्रजनन केन्द्रबाट एक किलोमिटर टाढा नयाँ चरा फेला परेको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।
आयरल्याण्डबाट आएका चराविद र नेपालका चराविदको संयुक्त टोलीले गत बुधबार नयाँ चरा फेला पारेको हो जसलाई आइब्रो थस (गाजले चाँचरी चरा) भनिएको छ ।
समुद्र सतहबाट १५ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा सो चरा पाइने चराविदहरु बताउँछन् । तर, चितवनमा पहिलोपटक १५ सय मिटरभन्दा तलको इचाइमा फेला परेको छ । यसबाट आफूहरु अचिम्मित भएको चराविद टिका गिरीले बताए । ‘यो चरा यहाँ कसरी आइपुग्यो हामी अचम्ममा परेका छौं,’ गिरीले भने ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ६२५ प्रजातिका चरा चितवनमा छन् । चितवनमा पाइने चराहरुमध्ये २२ वटा लोपोन्मुख रहेको
बर्ड एजुकेशन सोसाइटीले जनाएको छ ।
बर्ड एजुकेशन सोसाइटीले जनाएको छ ।
No comments: