भारतको हेपाह प्रवृत्तिको विरोध गर्दै पशुपति निर्माण व्यापार संघमा आवद्ध हार्डवेर व्यवसायीहरुले भारतमा उत्पादन भएका हार्डवेर सामाग्री बिक्री नगर्ने निर्णय गरेका छन् ।
व्यवसायीहरुको शुक्रबार काठमाडौँमा भएको भेलाले सो निर्णय गरेको हो । संघका उपाध्यक्ष शेरबहादुर तामाङका अनुसार भारतले पाकिस्तानमाथि गरेको हस्तक्षेपको विरुद्ध व्यवसायीहरुले सो निर्णय गरेका हुन् ।
उनीहरुले सोमबारदेखि भारतमा निर्माण भएका हार्डवेरका सामाग्रिहरु बिक्री नगर्ने निर्णय गरेको उनले बताए ।
तामाङका अनुसार ३ हजार ६ सय ४० जना व्यवसायी आवद्ध सो संघमा अन्य ११ हजार वितरकहरु रहेका छन् ।
संघका अध्यक्ष शिव कार्कीको अध्यक्षतामा भएको समीक्षा भेलामा ११ हजार ६ सय ९० हार्डवेर व्यवसायीहरुको हस्ताक्षर समेत सार्वजनिक गरिएको थियो ।
उनीहरुले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दै हस्ताक्षर गरेका हुन् । उनीहरुले भारतले सबै छिमेकी मुलुकको सम्मान गर्नु पर्ने समेत माग गरेका छन् ।व्यवसायीहरूले भारतीय हार्डवेरका सामान बिक्री नगर्ने
भारतको हेपाह प्रवृत्तिको विरोध गर्दै पशुपति निर्माण व्यापार संघमा आवद्ध हार्डवेर व्यवसायीहरुले भारतमा उत्पादन भएका हार्डवेर सामाग्री बिक्री नगर्ने निर्णय गरेका छन् ।
व्यवसायीहरुको शुक्रबार काठमाडौँमा भएको भेलाले सो निर्णय गरेको हो । संघका उपाध्यक्ष शेरबहादुर तामाङका अनुसार भारतले पाकिस्तानमाथि गरेको हस्तक्षेपको विरुद्ध व्यवसायीहरुले सो निर्णय गरेका हुन् ।
उनीहरुले सोमबारदेखि भारतमा निर्माण भएका हार्डवेरका सामाग्रिहरु बिक्री नगर्ने निर्णय गरेको उनले बताए ।
तामाङका अनुसार ३ हजार ६ सय ४० जना व्यवसायी आवद्ध सो संघमा अन्य ११ हजार वितरकहरु रहेका छन् ।
संघका अध्यक्ष शिव कार्कीको अध्यक्षतामा भएको समीक्षा भेलामा ११ हजार ६ सय ९० हार्डवेर व्यवसायीहरुको हस्ताक्षर समेत सार्वजनिक गरिएको थियो ।
उनीहरुले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दै हस्ताक्षर गरेका हुन् । उनीहरुले भारतले सबै छिमेकी मुलुकको सम्मान गर्नु पर्ने समेत माग गरेका छन् ।
No comments: