Breaking News

News

Health

Sports

Entertainment

Videos

अमेरिकाबाट बाकसमा शव भित्रिँदैछन् नेपाल !

यस्तो लाग्छ, भिसा लाग्ने हो भने नेपालको ढुंगा माटो पनि अमेरिका जाने तयारीमा छ । महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि केहीबेर बस्यो भने त्यहाँ भिसा पाउँदा खुसीले मात्तिने र अस्वीकृत हुँदा पीडामा आत्तिनेहरुको मनोदशा सहजै बुझ्न सकिन्छ । सम्बृद्ध जीवन र उज्यालो भविष्य खोज्दै अमेरिका जाने नेपालीबाट वर्षमा करोड होइन, अरबमा नेपाली रुपैयाँ अमेरिका पलायन हुने गरेको छ । तर, सबैका सपना पूरा हुँदैनन् । कतिपय होनहार नेपाली लास बनेर नेपाल फर्किने क्रम विगतको तुलनामा बढेको छ । अमेरिकामा मृत्यु हुने नेपालीहरुको संख्याले खाडी मुलुकको झल्को दिन थालेको छ । समिराका पतिको आत्महत्यादेखि, बाकसमा कैद सपनासम्म मलाई याद छ सन् २००८ तिरको कुरा हो, अमेरिकामा अध्ययनका क्रममा रहेका आशिस भट्टराईको ग्यास स्टेसनमा काम गर्दा गर्दै एक लुटेराको गोली प्रहारबाट निधन भएको थियो । त्यो समाचारले केही टेलिभिजनमा प्राथमिकताका साथ स्थान पायो । त्यतिबेला अहिलेको भन्दा निकै कम संख्यामा नेपाली अमेरिकामा थिए । नेपालीमाथि गोली प्रहार र हत्या नौला विषय थिए । सायद त्यो घटनापछि आशिषको शव नेपाल पुग्यो पनि । तर, नेपालीको संख्या बढेसँगै अमेरिकामा मृत्युका यस्ता दुःखद खबर दिनहँुजसो आउने क्रम रोकिएको छैन । अझ यो हप्ता, र समग्रमा यो वर्ष मात्रै करिव एक दर्जन नेपालीहरुले अकल्पनीय मृत्युवरण गर्नुपरेको छ । करिव १८ महिना अगाडि टेक्सास डेन्टनकी समिरा शिवाकोटीले एक अश्वेत अमेरिकीको गोली प्रहारका कारण मृत्युवरण गर्न पुगिन् । सिवाकोटी अमेरिकामा आफ्ना परिवारका सदस्यसहित व्यापार गर्दै बसेकी थिइन् । आफ्नै व्यवसाय करिव २ वर्ष र तीन महिनाकी २ साना परीजस्ता छोरीहरु, सोचेको जस्तो उनको जीवन हेर्दा सुखद थियो । तर, सिवाकोटीलाई आफ्नै ग्यास स्टेसनमा काम गर्दागर्दै विनाकारण गोली प्रहार गरियो । सीसीटीभी फुटेजमा सिवाकोटी र ग्राहक बनेर आएका उनका हत्याराबीच कुनै बिवाद भएको पनि देखिँदैन । न त उक्त हत्या गर्ने व्यक्तिले पैसा वा सामान नै लुटेर लग्यो । तर, पनि उनको टाउको र छातीमै लाग्यो । ती तीन गोलीले उनको परिवार पूरै तहस-नहस गरिदियो । पत्नी वियोगमा जसोतसो छोरीहरुलाई रेखदेख गर्दै आएका सिवाकोटीका पतिले पीडा सहन नसकी केही महिना अगाडि मात्रै दुईजना काखे छोरीलाई टुहुरो बनाउँदै आत्महत्याको बाटो रोजे । समिराको परिवार अमेरिकामै भएको र उनका पतिका पनि सबै परिवार यतै भएकाले उनीहरुको दाहसंस्कार त अमेरिकामै गरियो, तर नेपाली समाजमा यो घटना थाहा पाउनेहरुका निम्ति अत्यन्तै पीडाको घटना बनेर रहेको छ । कुरा गत वर्षको हो, अमेरिका आएको करिव ७ महिनामात्रै भएको थियो, काठमाडौंका रुशल श्रेष्ठको । सुरुमा सागिना, मिचिगन आएका २० वर्षीय रुशल एक सेमेष्टरको पढाइ सकेर टेक्सास आएका थिए । भर्खर गाडी चलाउन सिकेका रुशल राति १० बजे साथीलाई काममा छोड्न जाँदा कहिल्यै नफर्किने गरी विदा भए । मेरै नजिक अपार्टमेन्टमा रहने रुशलको पीडामा विदेशमा रहेका थुप्रै नेपालीहरु एक भए । ०७२ साल बैशाख १२ को भूकम्पका सहयोगका निम्ति २४ घन्टामा उठेको भन्दा धेरै रकम रुशलको सहयोगका निम्ति नेपाली समाज टेक्सासको खातामा उठ्यो । नेपाली समाज टेक्सासले निकै तदारुकताका साथ उनको शवलाई नेपाल पठाउँदै संकलित रकम परिवारको सहयोगका निम्ति पठायो । त्यस बखत करिव ३३ हजार अमेरिकी डलर संकलन भएको थियो । परिवारका एक्ला छोरा रुशल बहिनीको सपना पूरा गर्नेबारे साथीहरुसँग कुरा गर्थे । अत्यन्तै मिजासिला उनको त्यो दिनको यात्रा नै अन्तिम बन्छ भन्ने कल्पना कसैलाई थिएन । रातिको समय मोवाइलमा बाटो नियाल्दै गाडी चलाएका श्रेष्ठले गल्तीले दाँया मोड्न पुगे तर त्यहाँ कुनै बाटो थिएन, पर्खालमा ठोक्किएर उनको गाडी सडकमा पछारिन पुग्यो र उनको घटनास्थलमै मृत्यु भयो । त्यो घटनामा थुप्रैका आँखा रसाए । शव पठाउन पनि हम्मे-हम्मे हुन्छ कि भनेको अवस्थामा २४ घण्टामै उठेको ३३ हजार डलरले शव त घर पठायो र केही भए पनि घरको आर्थिक बोझ त हल्का गरिदियो नै तर आफ्नो लक्काजवान छोरो शव बनेर काठको बाकसमा अमेरिकारबाट काठमाडौं आउँदा परिवारमा कस्तो हालत भयो होला ? अनुमान गर्न गाह्रो छैन । यो घटनापछि केही समय अमेरिकामा नेपालीहरु दुर्घटना परेका अन्य समाचार घटेका थिए । केही छिटफुट रुपमा अन्य तवरले मृत्युका समाचार आए पनि गत महिना नोभेम्वर ४ मा जर्जियामा भएको सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाउन पुगे । यसै हप्ता मात्र तीन छुट्टाछुट्टै दुर्घटनामा चार नेपालीको मृत्युको खबर आयो । अमेरिकाको जर्जिया राज्यको जेर्फसन काउन्टीमा भएको दुर्घटनामा ४ को मृत्यु र १ घाइते भए । दुर्घटनामा गुल्मी घर भई काठमाडौं बस्ने चिरञ्जीवी खनाल, उनकी पत्नी श्यामा, बुहारी ऋचा खनाल पन्त र खनाल दम्पतीका छोरा समिरकी प्रेमिकाले ज्यान गुमाउनुपर्‍यो । यो घटनामा छोराहरु समिर र सुवास खनाल गम्भीर घाइते भए । जेर्फसन प्रहरीले विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा घुमाउरो बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आएको गाडीले ठक्कर दिन पुगेको बताइएको छ । चालकले भित्री बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आइरहेको गाडीको गति मापन गर्न नसक्दा १८ चक्के ट्रकको ठक्करले दिएको थियो, जसले गर्दा गाडीको पछाडिको सीटमा रहेका सबैको मृत्यु भएको बताइएको छ । यो घटनाले नेपाली समाज फेरि पीडामा पुग्यो । कतिपयले आफन्त त, कतिले साथीका निम्ति सहयोग गुहारे । कतिपयले नचिने पनि नेपालीको नाता अनि मायाले सहयोग जुटाए त कतिले आँशु बगाए । त्यस्तै नोभेम्वर १६ को दिन नेपालमा रहेकी कल्पना कार्कीलाई पीडा बनेर आयो । एउटा अकल्पनीय समाचार जसमा भनिएको थियो, करिव ८ हजार माइल टाढाबाट, २० वर्षीया छोरी निशाको हृदयघातबाट निधन भयो । यो खबर कल्पनाका लागि जीवनकै सबैभन्दा नराम्रो दिन बनेर आयो । ११ महिना अघि निशालाई बाई भनेर नेपालबाट बिदा गरिदिएकी कल्पना एकल महिला थिइन् । उनले जसोतसो गरेर छोरीलाई हुर्काइन् अमेरिकाजस्तो देशमा पढ्न पठाइन् । अब छोरीले पढ्लिन् र सुखका दिन आउला भनेर कल्पनामा बसेकी कल्पना अहिले मर्माहत भएकी छिन् । ओकलाहमा राज्यमा कलेजमा काम गर्दागर्दै ढलेकी निशाको उपचारका क्रममा मृत्यु भयो । जसरी पनि छोरीको शव हेर्ने कल्पनाको पुकार अमेरिका र अन्य देशमा रहेका सहयोगीको सहयोगबाट पूरा भयो । यस घटनामा पनि नेपाली समाज टेक्सासले अभिभावकत्वको भूमिका निर्वाह गर्दै करिव ३० हजार अमेरिकी डलर सहयोग संकलन गर्न सफल भयो । यो रकमले निशाको शव नेपाल पुग्यो र उनको अमेरिकासम्मको यात्रामा लागेको ऋण तिर्न कल्पनालाई केही सहयोग पक्कै गर्‍यो । तर, यसले उनको वियोगको घाउ पुरिने कुरै भएन । निशाको शव नेपाल पुगेको एक महिना नवित्दै अमेरिकाको वाशिंगटन राज्यमा भएको सवारी दुर्घटनामा २० वर्षीया नेपाली मूलकी छात्रा ममता कँडेलको मृत्यु भयो भने सुमित शाही र बिकास सिग्देल घाइते हुन पुगे । अहिले घाइते सबैको उपचार र ममताको शव नेपाल पठाउन सहयोग संकलन हुँदैछ । सडकमा जमेको हिऊँमा गाडी चिप्लिएकाले सवारी दुर्घटना भएको बुझिएको छ । नेपाल जान लागेका सुमित शाहीलाई विमानस्थल छोड्न जाने क्रममा भएको दुर्घटनामा ममताको निधन भएको थियो । ममता आफैं पनि डिसेम्बर २१ मा नेपाल फर्किने तयारीमा थिइन् । त्यस्तै सोही दिन नै फ्लोरिडामा भएको अर्काे सडक दुर्घटनामा २० वर्षीया अश्लेषा पण्डितको निधन हुन पुग्यो । घटनामा श्रद्धा सिंह ठकुरी घाइते भइन् । अलबामा ट्रोय विश्वविद्यालयमा अध्ययनरत यी विद्यार्थीहरु परीक्षा सकेर फ्लोरिडा घुम्न गएका बेला सवारी दुर्घटनामा परेका हुन् । सडकमा बलेको रातो बत्तीमा सवारी नरोकी अगाडि बढेका उनीहरुको गाडी दुर्घटनामा परेको हो । उता डिसेम्बर १९ तारिखमा क्यालिफोर्नियाको स्यान डियागोमा नेपाली चेली सरिता शाक्यको सवारी दुर्घटनामा निधन भयो । मदिरा सेवन गरेर हाँकिएको अर्काे गाडीले शाक्यको गाडीलाई ठक्कर दिएको थियो । सरिता करिव १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । कुनै आफ्नै गल्तीले, कुनै अरुको गल्तीले यी सबै दुर्घटना अकल्पनीय हुन् । सामान्य त हो भन्ने लापरवाहीले होस् वा नयाँ ठाउँको सडक र मौसमको भेउ नपाउँदा होस्, यस्ता दुर्घटनाले धेरै नेपालीहरुको ज्यानै लिने गरेको छ । नयाँ गाडी, युवा जोश अनि साथीसंगीका साथ तीव्र गतिमा हुइँकिने गाडीहरु पनि दुर्घटनाका कारण हुन् । कतिपय अवस्थामा आफ्नै कारणले त कहिले अर्काको लापरवाहीले लिने ज्यानको कुनै मूल्य छैन, भलै यी शवहरु नेपाल पुर्‍याउन ठूलो रकम र मेहनत त लाग्छ नै । केही समययता नेपालीको संख्या बढेसँगै यस्ता खबर पनि पक्कै बढेका छन् । नेपालमा बिगि्रएको आफ्नो सन्तान विदेश गए सुधि्रन्छ कि भन्ने सोचले थूप्रै आमाबुवाले थप पीडा भोगेका छन् । माथिका घटनामा कसैको प्रवृतिमाथि प्रश्न उठाइएको भने होइन । तर, विदेशमा पुग्दा र टेक्दासम्म पनि आफ्नो प्रवृतिमा परिवर्तन नगर्ने थुप्रैको बानीले पनि परिवारमा पीडा पक्कै दिएको छ । अमेरिकामा करिव १२ देखि १५ घण्टाको काम, युवा जोस र भोको पेट आफैमा मानिसको निम्ति कुनै दुर्घटनाको कारण बन्न पर्याप्त छन् । एकपछि अर्को दुर्घटनाले नेपाली समाज पीडामा पर्छ । अमेरिकाबाट कसैले १० डलर त कसैले १०० वा बढी नै सहयोग संकलन गर्दै शव नेपाल फिर्ता पनि पठाउँछन् तर त्यो शवसँगै चुँडिएका सपना अनि कतिपयको आशाको त्यान्द्रो रहेका बालबच्चामा त्यसरी पुग्नुको चोट वर्णन गर्न कुनै शव्दले पुग्दैन । सवारी अनुमतिविना सवारी चलाउने, विमा नगरी चलाइने गाडीहरु पछिल्लो समय नेपाली समाजमा थुप्रै छन् । फजुल काममा खर्चिने रकम पक्कै पनि यस्ता उपयोगी काममा खर्चिन कसैले हिच्किचाउनु हुँदैन । यसका लागि परिवारको पनि खबरदारी आवश्यक पक्कै रहन्छ । आफ्ना सन्तानलाई विदेशमै रहे पनि परिवारका लागि उसको जिम्मा र परिवारको चिन्ता स्पष्ट रुपमा जानकारी गराउनु पनि अति आवश्यक छ । नत्र काठको बाकसमा शव नेपाल भित्रिइरहनेछ यसैगरी । अरुलाई सहयोग माग्दैछु, कुन दिन मेरै माग्नुपर्ने हो म अमेरिका आएको करिव दुई वर्ष पुग्न लाग्यो । अमेरिका नआउँदै पनि विश्वका विभिन्न मुलुकबाट करिव तीनवटा शव दैनिक नेपाल भित्रिन्छन् भन्दै समाचार बनाइने गरिन्थ्यो । नेपालबाट विभिन्न सपना अनि बाध्यताले विदेश भित्रनेहरु त्यसरी काठको बाकसमा नेपाल भित्रिँदा पक्कै पनि परिवारमा बज्रपात नै हुन्थ्यो । कतिपयको सर्वस्व नै सकिन्थ्यो । अलिअलि पलाएको आशा पनि निराशामा परिवर्तन त हुन्थ्यो नै, परिवारको सदस्य नै गुमाउँदाको पीडाले परिवारको जमीन हल्लाइदिन्थ्यो । कतिपयको खाडल कहिल्यै नपुरिने गरी भासिन्थ्यो । नेपालमा हुँदा समाचार मात्रै बनाएको म अमेरिका छिरेलगत्तै फरक परिवेशमा पुगेँ । केवल समाचार बनाउने म यहाँ आएपछि सहयोग संकलनका निम्ति प्रचार गर्नतिर लाग्नुपर्‍यो । विश्वका विभिन्न कुनामा रहेका साथीहरुलाई भन्नुपर्ने भयो, लौन फलानाको मृत्यु भएछ, शव नेपाल पठाउन सहयोग संकलन गरिदिनुपर्‍यो । अरु नसके पनि समाचार मात्रै बनाएर नै भए पनि एक नेपालीको शव उसको परिवारका अगाडि पुर्‍याइदिनुपर्‍यो । परदेशी भूमिमा मेरो निम्ति मात्रै होइन, हजारौं नेपालीका अगाडि यस्तो अवस्था आउने गरेको छ, आइरहेको छ । र, पक्का हो, आइरहनेछ । अहिले अरुको निम्ति सहयोग मागिएको छ, कहिले आफ्नै निम्ति अरुले सहयोग माग्नुपर्ने हो, ठेगान छैन ।

ढुक्क हुनुहोस् ! जलविद्युत् कम्पनीको सेयर सरकारलाई जाँदैन, आयोजनामात्रै सरकारले लिने |

६ पुस, काठमाडौं । जलविद्युत् कम्पनीमा लगानी गर्ने धेरैलाई अहिले पनि आयोजनाको सञ्चालन अवधि सकिएपछि के हुने हो भन्ने चिन्ताले बेला-बेला सताउने गरेको पाइन्छ । न त मन्त्रालयबाट हालसम्म यसमा स्पष्ट धारणाहरु आए, न त कसैले बुझाउने प्रयत्न गरे । तर, ढुक्क हुनुहोस् ! सञ्चालन अनुमती अवधि समाप्तपछि सरकारले जलविद्युत् आयोजनामात्र आफूले लिएर चलाउने तर लगानी गर्ने कम्पनीको सेयर अधिग्रहण नगर्ने स्पष्ट पारेको छ । ‘जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी स्थापना गरिएको हुन्छ, सरकारले त्यो कम्पनी लिने होइन, उसले सञ्चालन गरेको आयोजना मात्र लिने हो,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले भने । सरकारले यो नीति अहिलेदेखि नै सार्वजनिक गरेकाले लगानीकर्ताहरुले यसलाई नजरअन्दाज गर्न भने नमिल्ने तर्क पन्तको छ । ‘अर्को आयोजना नहुने कम्पनीको पहिलो आयोजना पनि सरकारको स्वामित्वमा आउदा भोलि सेयर मूल्य त्योभन्दा अघि जस्तै नरहला, तर सरकारले लिने अवधि चाँडै आउँदैन, ३०-३५ वर्षमा लगानी उठ्ने अवस्था बन्न सक्छ,’ पन्तको तर्क छ । एउटा आयोजनामात्र हुने त्यस्ता कम्पनीको पनि सेयर बजारमा कारोबार हुन्छ । यस्तो अवस्थामा भने अन्तिम लगानीकर्तालाई नोक्सान हुनसक्छ । तर पन्त भन्छन्, ‘यसबारेमा सरकारले अहिले नै जानकारी गराइसकेको छ, त्यसैले सेयरमा लगानी गर्दा कम्पनीहरुको अवस्था बुझेर गर्नुपर्छ ।’ अर्को आयोजना नहुने कम्पनीका लगानीकर्ताको पनि लगानी शून्य नै भने नहुन सक्छ । कम्पनीहरुले सञ्चालन गर्ने आयोजना सरकारले लिँदा भौतिक पूर्वाधारहरु सरकारको स्वामित्वमा जाने हो । तर कम्पनीको सञ्चितीमा रहेको रकम, कम्पनीले असामीबाट उठाउन बाँकी रकम, बैंकमा राखेको निक्षेप, अन्य क्षेत्रमा लगानी गरेको भए सो लगानी, आयोजनासम्बन्धी बाहेकका अन्य भौतिक सम्पत्ति (कर्पोरेट अफिस, जग्गा लगायत) कम्पनी र त्यसका लगानीकर्ताको नै हुन्छ । थप नयाँ आयोजना बनाउने निर्णय गरेन र कम्पनी खारेज भयो भनेपनि लगानीकर्ताको यस्ता सम्पत्तिमा हिस्सेदारी रहन्छ । तर यसमा लगानीकर्ता सचेत हुनुपर्ने अवस्था भने रहन्छ । कम्पनी त्यो समय घाटामा देखियो र बाँकी स्रोतले पनि त्यो घाटा परिपूर्ती हुने अवस्था रहेन भने चाँही लगानी शून्य हुनसक्छ । तर, अर्को जलविद्युत् आयोजना बिकास गरेका वा अन्यबाट प्रवर्द्धित आयोजनामा लगानी गरेका कम्पनीहरुबाट भने लगानीकर्ताले केही बढी लाभ पाउने अवस्था रहन सक्छ । हाल सबैभन्दा चाँडो सञ्चालन अनुमति खारेज हुनेमा माथिल्लो भोटेकोशी आयोजना रहेको छ । यो आयोजनाले ०९३ कात्तिक ३० गतेसम्म सञ्चालन अनुमति पाएको छ । यद्यपी कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको छैन । सेयर बजारमा सूचीकृतमध्ये चिलिमे जलविद्युत् आयोजना र नेशनल हाइड्रोपावर लिमिटेड कम्पनीको इन्द्रावती ३ आयोजनाको सञ्चालन अनुमति अन्य सूचीकृत कम्पनीकोभन्दा पहिले खारेज हुनेछ । यी दुवैको सञ्चालन अनुमति विक्रम संवत् २१०४ को मध्यसम्म रहेको छ ।

अमेरिकी निर्वाचनमा रूसी संलग्नता रहेको ह्वाइट हाउसको दावी

अमेरिकी राष्ट्रपति भबन ह्वाइट हाउसका प्रेस सचिव जोश आर्नेष्टले अमेरिकामा डोनाल्ड ट्रम्पलाई जिताउन रूसीकोे संलग्नता रहेको दावी गरेका छन्। ‘यो विषयमा ह्वाइट हाउसँग प्रसस्त सुचनाहरु आइसकेका छन्। अक्टुवरभन्दा अगाडी देखि नै रूस डोनाल्डलाई जिताउने अभियानमा लगेको थियो।’ पत्रकारहरुसँग कुराकानी गर्दै आर्नेष्टले अगाडी बताए–‘डोनाल्ड ट्रम्पले प्रतिपक्ष उम्मेदवार हिलारी क्ल्निटनका इमेलहरु ह्याक गर्न लगाएका थिए।’ निर्वाचिन डोनाल्ड ट्रम्पले आर्नेष्टलको भनाइलाइ प्रतिबाद गर्दै बताएका छन् –‘यो कुरा ह्वाइट हाउसलाई पहिल्यै थाहाँ थियो भने, अहिले किन हिलारीको पराजयपछि मात्र सार्वजानिक गर्न खोज्दैछ?’ अमेरिका भित्रका इन्टेलीजेन्सी सँस्था सिआइएले बताए अनुसार हिलारीलाई पराजीत गराउन रूसी लागेको थियो। तर, सिआइएको उक्त भनाइ गलत भएको बताउदै एफबिआइले निर्वाचनमा कुनै ह्याक नभएको बताएको छ। रसियन सरकारी अधिकारीहरुले समेत अमेरिकी निर्वाचनमा रसियाकाे कुनै भुमिका नभएकाे दावी गर्दै अाइरहेका छन्।

मर्न देऊ गोविन्द केसीलाई

यहाँ नन्दप्रसाद मरेर के भयो र?
 उनकी श्रीमती त जिउँदै छिन्
 एउटा अनशनकारी मर्दा केको चिन्ता
यहाँ त लाखौं डकारबहादुरहरू जिउँदै छन्
एउटा डाक्टर मरेर हामीलाई केही घाटा हुन्न

यहाँ त लाखौं कसाहीहरू जिउँदै छन्
हामीलाई एक्लो बृहस्पतिको केको चिन्ता

 यहाँ त लाखौं राहु, केतु र धुम्रलोचनहरू घुमेकै छन्
जाबो गरिबलाई मलम पट्टिको कुर गर्ने तिमी
एक नम्बरको बेवकुफ हौ बालक
 तिमी एक नम्बरको बेवकुफ हौ

 बहिरालाई वेदना बुझाउन खोज्छौ तिमी
अन्धोलाई बाटो देखाउन खोज्छौ तिमी
 भालुलाई पुराण सुनाउन खोज्छौ तिमी
 धुन्दुकारीलाई अर्ती र उपदेश दिने तिमी
 आज थाहा भयो
 तिमी त पढेर पनि
 पढेर पनि बहुत अज्ञानी पो रहेछौ

 तिम्रै सङ्गीहरूले
 यहाँ कत्राकत्रा नर्सिङ होमहरू खोलिसके
चप्पल पड्काएर सहर छिर्नेहरू
 महल र टावरका मालिक भैसके
यो वैश्य युगमा पनि
 पैसा नचिन्न्ने तिमी
चाकडी र चाप्लुसीको आलोकमा रमाउनुको सट्टा
 चिसो छिडीमा एक्लई सुत्ने मुर्ख्याई गर्छौ

 त्यसैले तिमीजस्ता
पढेर पनि बहुत अज्ञानी तिमी
 मर्नुमा नै सबैको कल्याण छ
 तिमी मर्नुमा नै सबैको कल्यण छ।।

नयाँ शक्तिका संयोजक भट्टराईमाथि पाेखरामा जुत्ता प्रहार

मंसिर २३, २०७३- नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि जुत्ता प्रहार गरेका एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराई छन् । क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए । उनलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ । जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन: सञ्चालन भएको थियो । घटना भएको र भट्टराईलाई नियन्त्रणमा लिइएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले पुष्टि गरे ।

सेक्सका कारण ज्यान गुमाएकी महारानीको कथा

इतिहासमा यस्ता कहियौ राजारानी छन् जसको कहानी सुनेर आज पनि हामी अचम्ममा पर्ने गर्छौ ।कोही आफ्नो बलका लागि प्रख्यात थिए त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरुका लागि । तर, आज हामी तपाईलाई यस्तो बारेमा जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न सक्ला । तपाईले आफैलाई प्रश्न गर्न थाल्नुहुनेछ,‘यस्तो पनि भएको होला त ?’ एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स । हो सेक्स त्यो पनि घोडासँग ।रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुर्ण हुन्थेन । उनको खराब सम्बन्धका कारण उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् । भन्निछ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोकी थिइन् । उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ ।८ वर्षसम्म पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । सेनापतिबाट भने उनलाई सन्तान सुख प्राप्त भएको थियो । आफ्ना नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भएको थिएन । केही मानिसहरुले उनको मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार केथरिनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउँछन् । रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् ।रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ ।

'यी पोर्न स्टारलाई अमेरिकाको राजदूत बनाउनुपर्यो,’ मानिसहरुको अचम्मको माग

पोर्न स्टार मिया खलिफाको साउदी अरबमा अमेरिकाको राजदूत बनाउनुपर्ने अनलाइन याचिकामा मानिसहरुले हस्ताक्षर गरिरहेका छन् । अमेरिकामा चेन्ज डट ओआरजीमाथि यो सम्बन्धि अनलाइन याचिका चलाइएको छ । यसमा अहिलेसम्म ३ हजारभन्दा मानिसले साइन गरिसकेका छन् । मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायलाई उत्कृष्ट बनाउनका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिको पर्वाह नगरी मानिसहरुलाई एकै साथ ल्याउनका लागि निकै ठूलो काम गरिरहेको यो याचिकामा भनिएको छ । याचिकामा यो पनि भनिएको छ कि उनी मध्य–पूर्व देशमा अमेरिकाको प्रतिनिधित्व गर्नका लागि एक महान नेता साबित हुनेछिन् । यो याचिका डोनाल्ड ट्रम्पले आफ्नो बचनबाट पछि हटेको विरोधस्वरुप दर्ता गरिएको बताइएको छ । ट्रम्पले चुनाव प्रचारको क्रममा अमेरिकामा मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउने बताउने गरेका थिए तर चुनाव जितेपछि उनले आफ्नो वेबसाइटमा यसलाई हटाइदिए । सोसल मिडियामा यो याचिकाको विषयमा निकै चर्चा भइरहेको छ । मिया थुप्रै पटक विवादमा घेरिएकी छिन् । एक पटक बुर्का लगाएर भिडियो सुट गरेका कारण इस्लाम राष्ट्रमा उनको निकै विरोध भएको थियो ।

समृद्धिका लागि ‘हनुमान’ होइन ! कुलमानहरू रोजौँ |

देशका जनतालाई नियमित विद्युत् सेवा प्रदान गर्ने अहम् जिम्मेवारी बोकेर बसेको नेपाल विद्युत् प्राधिकरण विगतका यिनै समयमा अति व्यस्त हुन्थ्यो तर विडम्बना त्यो व्यस्तता जनतालाई राहत दिनमा होइन कि हप्ता–हप्तामा लोडसेडिङका तालिका प्रकाशित गरेर आम जनमानसलाई आहत दिनमा थियो । लाग्थ्यो नेपाल विद्युत् प्राधिकरणको काम विद्युत् सेवा आपूर्ति गर्ने होइन कि जनतालाई लोडसेडिङका तालिका आपूर्ति गर्ने हो । जसबाट आम जनजीवन नराम्ररी प्रभावित भइरहेको थियो । देश शिथिलतामा फस्दै थियो, त्यसमाथि देशको जनसङ्ख्याको ठूलो हिस्सा रहेको राजधानी काठमाडौँ उकुसमुकुसको अवस्थामा थियो तर प्राधिकरणले एक घण्टा भए पनि लोडसेडिङ कम गरेर आम जनताको पीडामा मलम लगाउन सकिन्छ कि भनेर कुनै अग्रसरता लिएन, कुनै जिम्मेवारी नै बोध गरेन । त्यहाँको नेतृत्वले अलिकति मात्र भए पनि जनताको संवेदनशीलता बोध गरेको भए लोडसेडिङ केही हदसम्म कम गर्न सम्भव थियो तर त्यो भएन । कहिलेकाहीँ त यस्तो लाग्थ्यो ऊ आफूलाई लोडसेडिङ प्राधिकरणको रूपमा स्थापित गर्देछ तर आज एकाएक परिस्थितिमा चामत्कारिक ढङ्गले परिवर्तन भएको छ । त्यही विद्युत् प्राधिकरण, अझ हिजोकोभन्दा बढी माग, हिजोकोभन्दा कम उत्पादन र त्यही संरचनाबाट नै आज काठमाडौँ लगायत आठ वटा जिल्लामा लोडसेडिङ हटेको छ र अन्य जिल्लामा पनि विगतभन्दा बढी विद्युत् आपूर्ति भइरहेको छ । यस्तो चामत्कारिक नतिजाको कारण एक मात्र छ कि विद्युत् प्राधिकरणको कमाण्ड एक कुशल अनि इमानदार व्यवस्थापक कुलमान घिसिङको हातमा जानु । कुलमान आएको केही दिनमै उनले काठमाडौँलाई लोडसेडिङमुक्त बनाए । देशमा लोडसेडिङ हट्न तत्काल सम्भावनै छैन भनेर भनिरहँदा कुलमानले गरेको कार्यलाई चामत्कारिक रूपमा हेरिएको छ । देशका नेतृत्वको गति र विद्युत् प्राधिकरणको कार्यशैली हेर्दा जनताले लोडसेडिङ तत्काल अन्त्य हुनेमा कुनै विश्वास नै गरेका थिएनन् तर कुलमानले विश्वास गर्न बाध्य बनाइदिए, आज राजधानी चम्किलो छ । यस्तो असम्भव कुरालाई कुलमानले छोटो समयमै कसरी सम्भव बनाए त ? यो अहिले धेरै तिर चर्चा हुने गरेको विषय हो । आज देश उज्यालो हुनुमा कुलमानको जादुको चमत्कार भने पक्कै होइन, यो केवल हो त कुलमानको व्यवस्थापकीय क्षमताको चमत्कार । निकै कुशल, इमानदार अनि जिम्मेवार व्यवस्थापकको रूपमा पहिचान बनाएका घिसिङले विद्युत् प्राधिकरणको आपूर्ति प्रणाली र माग व्यवस्थापनमा रहेका व्यापक कमी कमजोरीलाई सुधार गर्दे धेरैले असम्भव देखेको कामलाई सम्भव सावित गरिदिएका छन् । यसबाट आज हरेक तर्फबाट निरासामा रहेका जनतालाई केही राहत महसुस भएको छ । यहाँ विगतमा एकैचोटी लोडसेडिङको अन्त्य गरेर देश चम्काउनै पथ्र्यो भन्न खोजिएको होइन तर जबर्जस्त सवाल यो हो कि अपार जलविद्युत् उत्पादनको सम्भावना बोकेको देशका नागरिक लामो समयदेखि अँध्यारोमा अलमलिरहँदा विद्युत् आपूर्तिको जिम्मा लिएको प्राधिकरण किन चुप लागेर बस्यो ? के आजभन्दा पाँच वर्ष अगाडि एउटा ४०० मेगावाटको प्रोजेक्ट दु्रत गतिमा अगाडि बढाउन सकिँदैनथ्यो । विद्युत् उत्पादन बढाउन आवश्यक कार्ययोजना सार्वजनिक गर्नु त कता हो कता उल्टै लाजै नमानी दिनका दिन लोडसेडिङका तालिका थोपर्ने शैलीलाई नितान्तै गैरजिम्मेर मान्नुपर्छ । कमसेकम एउटा प्लानिङअनुसार जनतालाई आस्वस्थ पारेको भए पनि जनताको पीडा कम हुने थियो । यसअघि प्राधिकरणमा जाने हाकिमहरूको काम विद्युत् विकासका योजना सुनाउनभन्दा दिनको यति घण्टा र उति घण्टा भन्दै लोडसेडिङका योजना सुनाउन बढी थियो । कुनै राजनीतिक दलको टीका थापेर गएका प्रमुखहरूको ध्यान विद्युत् विकासभन्दा पनि राजनीतिक हालीमुहाली र कर्मचारी सरुवा बढुवामै केन्द्रित भयो । त्यसैले त वर्षौंसम्म आम नेपाली जनताले ऊर्जा सङ्कट भोग्नुपर्यो । यसबाट भएको आर्थिक हानी, महँगी र विकासका अवरोधहरूको त कुरै छाडौँ । काठमाडौँ लगायतका सहरलाई लोडसेडिङमुक्त गराउन कुलमानले गरेको प्रयासबाट केही सकारात्मक सन्देश गएको छ कि थोरै मात्र भए पनि इच्छा शक्ति र देशप्रति इमानदार भएमा जनतालाई राहत हुन्छ भन्ने कुरामा । आज देशमा ऊर्जा सङ्कट भएको वर्षौं भयो तर न त जलविद्युत् आयोजनाले गति लिएका छन् न त यसअघि प्राधिकरणको नेतृत्व समाल्नेहरूले कुनै खाका पेस गरे । आज कुलमानले उपत्यका बाहिरका जिल्लामा पनि विगतकोभन्दा धेरै विद्युत् आपूर्ति गराई कुलेखानीको पानीलाई प्रयोग नगरी नै लोडसेडिङ अन्त्य गरेका छन् । उनले देशमा रहेको असमान वितरण प्रणालीलाई समाप्त गर्दै आवश्यकताको आधारमा वैज्ञानिक वितरण प्रणाली अपनाएका छन् । विद्युत् चुहावटलाई नियन्त्रण गर्ने योजनामा छन् । जसबाट देश उज्यालो भएको छ । पहुँच र शक्तिको आडमा विद्युत् मागको पिक आवरमा नै ठुल्ठूला उद्योगलाई विद्युत् दिएर जनतालाई एउटा चिम बाल्न वञ्चित गराउने गरेको तथ्य कुलमानले प्रस्ट पारिदिएका छन् । एउटा कुशल विद्युत् नेतृत्वका कारण उद्योग कलकारखानादेखि सर्वसाधारण जनतासम्मलाई राहत हुनु सकारात्मक कदम हो । अब विद्युत् प्राधिकरणमा राजनीति बन्द हुनु जरुरी छ । विद्युत् प्राधिकरण यस्तो संस्था हो जसले देशको समृद्धिको एउटा महŒवपूर्ण जिम्मेवारी बहन गरेको छ किनभने ऊर्जा देश समृद्धिको प्रमुख आधार हो । अब कुलमानको कार्यकालमा उनलाई सबै कर्मचारी अनि आम जनसमुदायले सहयोग र हौसला बढाउनु आवश्यक हुन्छ । कुलमानको कुशलतालाई देशले अझै चार वर्ष प्रयोग गर्न सक्यो भने हामी विद्युत्मा आत्मनिर्भर हुने कुरामा दईमत छैन । कुलमान यस्ता पात्र हुन्, जसले चिलिमे जलविद्युत् आयोजनालाई देशकै सफल आयोजना बनाउन सफल भएका थिए । चिलिमे चम्काएका कुलमानलाई काम गर्ने वातावरण दिएमा देश चम्काउने कुरामा कुनै दुविधा लिनुपर्दैन । उनले देशमा विद्युत् उत्पादनको लागि चिलिमेकै मोडलमा अगाडि बढ्ने उद्घोष गरेका छन् । कम्पनी मोडल नै देशमा विद्युत् उत्पादन र विकासको उपयुक्त मोडल हो । आज सरकारले आह्वान मात्र गरोस् २०औँ हजार मेगावाट विद्युत् उत्पादन गर्न पुग्ने आर्थिक स्रोत देशमै जुट्ने छ । हजारौँ जनता विद्युत्मा सेयर हाल्नका लागि तयार हुनेछन् । मात्र प्राधिकरणले वातावरण बनाओस् । यसको राम्रो ज्ञान कुलमानलाई छ । उनको क्षमतालाई देशले चिन्नु जरुरी छ । अब फोहरी राजनीतिले देश समृद्ध हुँदैन । अब देशका सबै क्षेत्रमा ‘राइट म्यान टु राइट प्लेस’ हुनैपर्छ, जस्तो प्राधिकरणमा कुलमान उपयुक्त पात्र छन्, त्यसरी नै अन्य निकायमा पनि विज्ञ व्यक्ति आउनु जरुरी छ । हरेक क्षेत्रमा कुशल, इमानदार र विज्ञ व्यक्ति आउने हो भने देश समृद्धि बन्न धेरै समय नै लाग्दैन । आज मलेसिया, सिङ्गापुर त्यहाँका एक–एक जना व्यक्तिकै योगदानमा आज समृद्धिको अवस्थामा छ । हामीकहाँ पनि देशमा रहेका यिनै कुशल पात्रहरूले देशलाई समृद्धि बनाउने तागत राख्छन् । मात्र यति हो कि तिनीहरूलाई काम गर्ने वातावरण र हौसला आवश्यक छ । देश बनाउन चाहने अरू धेरै कुलमानलाई राज्यले उचित स्थान दिओस् । अब देशको बागडोर समाल्नेहरूलाई चेतना हुनु जरुरी छ कि तपाईंको पछि लाग्ने हनुमानले देश बनाउन सक्दैनन् । त्यसको लागि कुशल विज्ञ चाहिन्छ । सलाम कुलमान ! हामी तपाईंलाई सदैव साथ दिनेछौँ । हामी घिनलाग्दो राजनीतिको पोखरीमा पौडी खेल्ने युवा होइनौँ हामी समृद्धिको समुद्रमा पौडिन चाहाने युवा हौँ । तपाईंको देश उज्यालो पार्ने मिसनमा मिसमास पार्न खोज्नेसँग हिसाब–किताब गर्ने काम हामी युवाको हो । तपाईं खुट्टा नकमाइ अगाडि बढ्नुहोस् ।

Top