यहाँ नन्दप्रसाद मरेर के भयो र?
उनकी श्रीमती त जिउँदै छिन्
एउटा अनशनकारी मर्दा केको चिन्ता
यहाँ त लाखौं डकारबहादुरहरू जिउँदै छन्
एउटा डाक्टर मरेर हामीलाई केही घाटा हुन्न
यहाँ त लाखौं कसाहीहरू जिउँदै छन्
हामीलाई एक्लो बृहस्पतिको केको चिन्ता
यहाँ त लाखौं राहु, केतु र धुम्रलोचनहरू घुमेकै छन्
जाबो गरिबलाई मलम पट्टिको कुर गर्ने तिमी
एक नम्बरको बेवकुफ हौ बालक
तिमी एक नम्बरको बेवकुफ हौ
बहिरालाई वेदना बुझाउन खोज्छौ तिमी
अन्धोलाई बाटो देखाउन खोज्छौ तिमी
भालुलाई पुराण सुनाउन खोज्छौ तिमी
धुन्दुकारीलाई अर्ती र उपदेश दिने तिमी
आज थाहा भयो
तिमी त पढेर पनि
पढेर पनि बहुत अज्ञानी पो रहेछौ
तिम्रै सङ्गीहरूले
यहाँ कत्राकत्रा नर्सिङ होमहरू खोलिसके
चप्पल पड्काएर सहर छिर्नेहरू
महल र टावरका मालिक भैसके
यो वैश्य युगमा पनि
पैसा नचिन्न्ने तिमी
चाकडी र चाप्लुसीको आलोकमा रमाउनुको सट्टा
चिसो छिडीमा एक्लई सुत्ने मुर्ख्याई गर्छौ
त्यसैले तिमीजस्ता
पढेर पनि बहुत अज्ञानी तिमी
मर्न देऊ गोविन्द केसीलाई
मर्नुमा नै सबैको कल्याण छ
तिमी मर्नुमा नै सबैको कल्यण छ।।
No comments: