मलाई यौनसम्पर्कमा धेरै नै रुचि छ र गर्छु पनि । मलाई किन-किन युवतीहरूको भित्री पहिरन जस्तो कि ब्रा वा पेन्टीको रंगमा रुचि रहन्छ । कसैको भित्री पहिरन देख्नेबित्तिकै यौन उत्तेजना बढ्छ भने कसैको भित्री पहिरन देख्नेबित्तिकै उत्तेजना घट्छ र यौनसम्पर्क नै नगरौं जस्तो लाग्छ । किन यस्तो भएको होला ?
1. भित्री पहिरन र यौन उत्तेजना
किन पुरुषहरू महिलाको भित्री पहिरन जस्तै ब्रा वा पेन्टीप्रति आकषिर्त हुन्छन् ? थुनचोली (ब्रा) वा पेन्टीजस्ता कुरा महिला शरीरको यौन संवेदनशील अङ्ग वा भनौं यौनाङ्गको प्रत्यक्ष सम्पर्कमा हुन्छ । यी विशेष पहिरन सामान्यत: अन्य व्यक्तिको सम्पर्कमा आएका हुँदैनन् र धुने-सुकाउने कार्य पनि प्रायश: महिलाले नै गर्छन् । यो महिलाको अन्तरंग परिहन हो । यी परिहनले स्तन वा यौनाङ्गजस्ता अङ्ग छोप्ने भए पनि त्यसको पछिल्तिरको अङ्गको परिकल्पनालाई पनि प्रोत्साहित गर्छ जुन आफैंमा यौन उत्तेजक हुन्छ ।
सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु प्याराफिलिया हो । यस्तो प्याराफिलियामध्ये एक Fetishism हो, जसमा यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोग गरिन्छ । उदाहरणका लागि जुत्ता, महिलाको भित्री पहिरन, पन्जा वा कोमल वस्त्र । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि त्यस्तो आकर्षण हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । कतिपय त त्यस्ता वस्तु चोरी गर्नसमेत पछि पर्दैनन् । महिलाका भित्री पहिरनको सन्दर्भमा यो प्याराफिलिया हो वा होइन भन्ने कुरामा एक मत नभएको स्थिति पनि छ ।
2. रंग र यौन सम्बन्धी केही कुरा
जीवनमा रंगको निकै महत्व छ । कतिपय रंग हामीलाई मन पर्छन् भने कति राम्रा लाग्दैनन् । हाम्रो मनस्थितीमा पनि त्यसले प्रभाव पार्छ । केहीले हामीलाई शान्त बनाउँछन् भने केहीले बेखुसी बनाउँछन् । रंग रुचिकर लाग्ने वा नलाग्ने कुरा प्रत्यक्ष चेतन मनसँग मात्र होइन, अचेतन मनसँग पनि जोडिएको हुन्छ, त्यसैले कतिपय स्थितिमा हामीले राम्रोसँग थाहै नपाएको पनि हुन सक्छ । जे होस्, रंगको प्रभाव हाम्रो मनस्थिति, अनुभुति अनि रुचि-अरुचिमा पर्छ ।
व्यक्तिले लगाउने पहिरनको रंगले उसको व्यक्तित्व वा पहिचानलाई मुखरित गर्छ । यो कुरा भित्री पहिरनमा पनि लागू हुन्छ । रंग र त्यसको यौनसँगको सन्दर्भका के-कस्तो अर्थ लाग्छ भन्ने विषयमा सबैको एकमत नभए पनि केही विशेष अर्थ लाग्छ वा लगाइन्छ र त्यसलाई सामाजिक समूह, जाति वा संस्कृतिजस्ता कुराले फरक पार्छ । जे होस्, रंग तथा यौनको सन्दर्भमा संसारमा प्रचलित केही कुराका सन्दर्भमा चर्चा गरौं ।
सेतो रंगले पवित्रता वा निर्मलतालाई संकेत गर्छ । कालो रंगले भने अश्लील अनि विकृतपनलाई संकेत गर्छ । खरानी रंगले दुविधायुक्त अनि अनिश्चिततालाई जनाउँछ । गुलाबी रंगले हँसी मजाक, मनोरञ्जन एवं आफ्नो सुखका लागि लागिपर्ने भन्ने जनाउँछ । पहेँलोले यौन
परिस्थिति अनुकूल बनाउने तथा विनम्र हुने कुरालाई जनाउँछ, केहीले यसलाई अनिर्णय अनि रुग्णतासँग पनि जोड्छन् । सुन्तला रंगले आत्मकेन्दि्रत हुने कुरा जनाउँछ । प्याजी रंगले सतही रूपमा अनि श्रङ्गारमा मात्र ध्यान दिने जनाउँछ । रातो रंगले यौन आकर्षक हुनुका साथै कामुकतालाई पनि प्रदर्शित गर्छ । नीलो रंगले कोमल, रोमान्टिक हुने कुरालाई जनाउँछ । त्यसैगरी हरियो रंगले ताजापन, स्वच्छता अनि अबोधपनलाई संकेत गर्छ । खैरो रंगले न्यानोपन अनि संवेदनशीलतालाई संकेत गर्छ ।
व्यक्ति-व्यक्ति अनुसार रंग मन पर्ने वा मन नपर्ने हुन्छ । आफूले लगाउने वा आफ्ना नजिकका व्यक्तिले लगाउने सन्दर्भमा आफ्नो रुचिअनुरूपको पहिरन होस् भन्ने चाहना सबैमा देखिन्छ । सबैलाई केही निश्चित रंग अपि्रय लाग्छन् ।
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Entertainment Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: