Breaking News

News

Health

Sports

Entertainment

Videos

२२ कात्तिक, काठमाडौं । एटिएमको पिन नम्बर चोरी गरी अन्यको खाताबाट रकम निकालेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबी तीन रोमानियाली नागरिकलाई पक्राउ गरेको छ ।

तीन रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप लागेको छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम संकास्पद देखिएपछि बैंकले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।

अभियुक्तहरुले इन्भेष्टमेन्ट बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि इन्भेष्टमेन्ट बैंक सजग भएको थियो ।

उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । त्यस्तै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top