चालु क्रसिङ सिजनका लागि उखुको मूल्य तय गर्न चिनी उत्पादक संघ र किसान प्रतिनिधिबीच काठमाडौंमा शुक्रबार अबेर सम्पन्न पहिलो वार्ता बिनानिष्कर्ष टुंगिएको छ । चिनीको मूल्य बढेकाले यस वर्ष उखुको मूल्यसमेत सोही अनुपातमा बढ्नुपर्ने किसानको माग पूरा नभएपछि सहमति जुट्न सकेन ।
भारतको विहारस्थित रिगा मिलले उखुको भाउ क्विन्टलमा भारु २५ बढाउने भएकाले सोही बराबर गत वर्षभन्दा ४० रुपैयाँ मात्र बढाउने प्रस्ताव उद्यमीले राखेका थिए । विगतमा रिगा मिलले किसानलाई दिने मूल्यलाई आधार मानेर नेपालमा उखुको मूल्य तय हुने गरेको थियो । किसानले भने चिनीको भाउ ४० प्रतिशत बढेकाले सोही अनुपातमा उखुको भाउ ब ढ्नुपर्ने माग राखे ।
उद्यमीले प्रस्ताव गरेको र किसानले राखेको मागका बीच तालमेत नलिमेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।
उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्यमीले कसैगरी कम मूल्यमा उखु खरिद गर्ने परिपञ्च गरेर वार्तामा आएको बताए । ‘उद्यमीलाई मात्र फाइदा पुग्ने गरी उहाँहरूले प्रस्ताव राख्नुभयो,’ उनले भने, ‘हामीलाई त्यो स्वीकार्य छैन ।
चिनीमा ४० प्रतिशत भाउ बढेकाले सोहीअनुसार उखुमा पनि बढाउनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा हामी अडिग छौं ।’ उनले दुई वर्षयता नेपाली चिनी मिलले रिगाको भन्दा कम मूल्य दिने गरेकाले यस वर्ष रिगालाई आधार मान्न नसकिने बताए । उद्यमीले गरेको प्रस्तावअनुसार उखुको भाउ गत वर्षभन्दा ५० रुपैयाँ बढेर क्विन्टलको करिब ५ सय पुग्छ । किसानको मागअनुसार भने घटीमा ६ सय मूल्य कायम हुनुपर्छ । गत वर्ष भ्याट छुटबाहेक उखुको मूल्य ३ सय ९६ को ४० प्रतिशत वृद्धि र भ्याट छुटसमेत क्विन्टलमा २ सय वृद्धि हुनुपर्छ भन्ने किसानको माग हो ।
वार्तामा सहभागी मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीले उद्यमीले दिने भनेको र किसानले लिने भनेको मूल्यमा आकाश–जमिन फरक रहेको बताए । ‘चिनीको भाउ त्यत्रो बढ्दा पनि उखुको भाउ भने बढाउन उद्यमीले पटक्कै मानेनन्,’ उनले भने, ‘किसानलाई जहिल्यै मारमा पारेर चिनी मिल चलाउन सकिन्छ भन्ने गलत मान्यता उद्यमीमा रहेको देखियो ।’
उद्यमीले भने चिनीको मूल्य तलमाथि भइरहने भएकाले त्यसलाई मात्र आधार मान्न नमिल्ने तर्क राखेका थिए । अर्काे वार्ता मंसिर पहिलो साता सिमरामा हुने मैनालीले बताए ।
भुक्तानी समस्या
दुईबर्ष यता केही चिनी मिलले किसानको रकम भुक्तानी नगरेको भन्दै वार्तामा किसानले चर्को आवाज उठाएका थिए । विराटनगरको इस्टर्न र रौतहटको श्रीराम सुगर मिलले किसानलाई करोडौं रकम भुक्तानी दिन बाँकी रहेको मैनालीले बताए । ‘सर्लाहीको अन्नपूर्ण सुगर मिलले यसबर्ष पुरानो सबै भुक्तानी दिएको देखियो,’ उनले भने, ‘श्रीराम र इस्टर्नको करोडौं बाकी छ । भुक्तानी नदिने मिललाई उखु नदिने रणनीति अपनाउन किसान वाध्य हुने अबस्था छ ।’ भुक्तानी नदिई किसानको पैसा पचाउने नियत ती मिलका संचालकले राखेको मैनालीले आरोप लगाए । पुरानो भुक्तानी वारे चिनी उत्पादक संघ मौन रहेकोमा किसानले आपत्ती जनाए |उखुको मूल्य अझै तोकिएन
चालु क्रसिङ सिजनका लागि उखुको मूल्य तय गर्न चिनी उत्पादक संघ र किसान प्रतिनिधिबीच काठमाडौंमा शुक्रबार अबेर सम्पन्न पहिलो वार्ता बिनानिष्कर्ष टुंगिएको छ । चिनीको मूल्य बढेकाले यस वर्ष उखुको मूल्यसमेत सोही अनुपातमा बढ्नुपर्ने किसानको माग पूरा नभएपछि सहमति जुट्न सकेन ।
भारतको विहारस्थित रिगा मिलले उखुको भाउ क्विन्टलमा भारु २५ बढाउने भएकाले सोही बराबर गत वर्षभन्दा ४० रुपैयाँ मात्र बढाउने प्रस्ताव उद्यमीले राखेका थिए । विगतमा रिगा मिलले किसानलाई दिने मूल्यलाई आधार मानेर नेपालमा उखुको मूल्य तय हुने गरेको थियो । किसानले भने चिनीको भाउ ४० प्रतिशत बढेकाले सोही अनुपातमा उखुको भाउ ब ढ्नुपर्ने माग राखे ।
उद्यमीले प्रस्ताव गरेको र किसानले राखेको मागका बीच तालमेत नलिमेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।
उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्यमीले कसैगरी कम मूल्यमा उखु खरिद गर्ने परिपञ्च गरेर वार्तामा आएको बताए । ‘उद्यमीलाई मात्र फाइदा पुग्ने गरी उहाँहरूले प्रस्ताव राख्नुभयो,’ उनले भने, ‘हामीलाई त्यो स्वीकार्य छैन ।
चिनीमा ४० प्रतिशत भाउ बढेकाले सोहीअनुसार उखुमा पनि बढाउनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा हामी अडिग छौं ।’ उनले दुई वर्षयता नेपाली चिनी मिलले रिगाको भन्दा कम मूल्य दिने गरेकाले यस वर्ष रिगालाई आधार मान्न नसकिने बताए । उद्यमीले गरेको प्रस्तावअनुसार उखुको भाउ गत वर्षभन्दा ५० रुपैयाँ बढेर क्विन्टलको करिब ५ सय पुग्छ । किसानको मागअनुसार भने घटीमा ६ सय मूल्य कायम हुनुपर्छ । गत वर्ष भ्याट छुटबाहेक उखुको मूल्य ३ सय ९६ को ४० प्रतिशत वृद्धि र भ्याट छुटसमेत क्विन्टलमा २ सय वृद्धि हुनुपर्छ भन्ने किसानको माग हो ।
वार्तामा सहभागी मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीले उद्यमीले दिने भनेको र किसानले लिने भनेको मूल्यमा आकाश–जमिन फरक रहेको बताए । ‘चिनीको भाउ त्यत्रो बढ्दा पनि उखुको भाउ भने बढाउन उद्यमीले पटक्कै मानेनन्,’ उनले भने, ‘किसानलाई जहिल्यै मारमा पारेर चिनी मिल चलाउन सकिन्छ भन्ने गलत मान्यता उद्यमीमा रहेको देखियो ।’
उद्यमीले भने चिनीको मूल्य तलमाथि भइरहने भएकाले त्यसलाई मात्र आधार मान्न नमिल्ने तर्क राखेका थिए । अर्काे वार्ता मंसिर पहिलो साता सिमरामा हुने मैनालीले बताए ।
भुक्तानी समस्या
दुईबर्ष यता केही चिनी मिलले किसानको रकम भुक्तानी नगरेको भन्दै वार्तामा किसानले चर्को आवाज उठाएका थिए । विराटनगरको इस्टर्न र रौतहटको श्रीराम सुगर मिलले किसानलाई करोडौं रकम भुक्तानी दिन बाँकी रहेको मैनालीले बताए । ‘सर्लाहीको अन्नपूर्ण सुगर मिलले यसबर्ष पुरानो सबै भुक्तानी दिएको देखियो,’ उनले भने, ‘श्रीराम र इस्टर्नको करोडौं बाकी छ । भुक्तानी नदिने मिललाई उखु नदिने रणनीति अपनाउन किसान वाध्य हुने अबस्था छ ।’ भुक्तानी नदिई किसानको पैसा पचाउने नियत ती मिलका संचालकले राखेको मैनालीले आरोप लगाए । पुरानो भुक्तानी वारे चिनी उत्पादक संघ मौन रहेकोमा किसानले आपत्ती जनाए |
No comments: