Breaking News

News

Health

Sports

Entertainment

Videos

पहिले पहिले मानिसहरु परेवा खुट्टामा चिठी बाँधेर खबर आदान प्रदान गर्थे । अहिले परेवाको त्यो ठाउँ मोबाइल, मेसेज तथा ह्वाट्सएपले लिएको छ । तर अहिले यो पनि मानिसहरुका लागि दिक्क लाग्दो हुन थालिसकेछ । त्यहीँ भएर होला मानिसहरु आफ्नो सन्देश पठाउनका लागि नयाँ तरिकाको खोजी गरिसकेका छन् । जस अनुसार अब तपाईं महिलाहरुको वक्षस्थलमा लेखिएका सन्देशहरु आफ्ना प्रियजनलाई पठाउन सक्नुहुन्छ । वक्षस्थलमा लेखिएका सन्देश पठाउने भन्ने कुरा अलिक अप्ठेरो लाग्छ । तर रुसमा टिटिग्राम नामको एक मेसेजिंग एप पछिल्ला दिनहरुमा युवाहरुको रोजाई बनिरहेको छ । वास्तवमा यो मेसेजिंग एपको माध्यमबाट मानिसहरु आफ्नो सन्देशलाई अनौठो तरिकाले पठाउन सक्छन् । यो एपमा एक घण्टाभित्रैमा महिलाको वक्षस्थलमा लेखिएका सन्देशको तस्वीर प्राप्त हुन्छ । जसलाई प्रयोगकर्ताले प्रियजनलाई फरवार्ड गर्न सक्छन् । तर निकै महंगो छ यो सेवा । एउटा मेसेजका लागि ३० डलर तिर्नुपर्छ । यसरी आफ्नो वक्षस्थलमा सन्देश लेखाएर फोटो खिचाएर उपलब्ध गराउने महिलाहरुले पनि राम्रैै कमाई गरिरहेका छन् । एउटा फोटो खिचेबापत उनीहरुले २ देखि ६ डलर प्राप्त गर्दछन् । मिडिया रिपोर्ट अनुसार रुसमा यो एपको प्रयोग अधिकांश विदेशीहरुले गरिरहेका छन् । उनीहरु हिब्रु, अंग्रेजी तथा जापानी भाषामा यस्ता सन्देश लेखाएर पठाउने गरेका छन् । आफ्नो सन्देश हट तरिकाले पठाउन सकियोस् भन्ने मनसायका साथ भ्लादमिर ग्रिटसेन्को नामका व्यक्तिले यो एपको निर्माण गरेका हुन् ।

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top