

मुम्बई । आफुसँग अभिनय गर्न केही नायकहरुले आनाकानी गरेको बुझेकी सन्नी लियोनीले खान नायकहरुको मन बदल्ने अभियानमा छिन् । आफुसँग काम गर्न नमानेको उनको कुनै गुनासो छैन । उनलाई लागेको छ ‘केही दिन हो त्यसपछि त सबै नायकले काम गरिहाल्छन् ।’उनि भन्छिन खानहरुको भन्छिन सोच बदल्ने अभियानमा छु । मलाई लाग्छ केही दिनमै मैले उहाहरुसंग काम गर्न पाउछु ।’
पछिल्लो समय हिन्दी फिल्म ‘एक पहेली लीला’ मा काम गरेर चर्चामा आएकी सन्नीले रियालीटि शो ‘बिग बोस ५’ वाट बलिउडमा प्रवेश गरेकी थिईन् ।
‘जिस्म -२’ उनको पहिलो फिचर फिल्म थियो । त्यसपछि रागीनी एमएमएस, लैला तेरी ले लेगी, लगायत आधा दर्जन बढी फिल्ममा काम गरेकी छिन् ।
बोल्ड छबीकै कारण सर्वाधिक चर्चामा आएकी सन्नी अहिले बलिउडकी महंगी कलाकार मध्ये एक मानिन्छिन् । पछिल्लो समय विज्ञापनमा समेत उनको उपस्थित बाक्लिँदो छ ।
No comments: