Breaking News

News

Health

Sports

Entertainment

Videos

१. डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू प|mेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेडले कुलतका कारण ज्यान गुमाए । २. ट्रम्पको सुनौलो कपालको निकै चर्चा हुने गरेको छ । भनिन्छ उनले आफ्नो कपाललाई ब्लो ड्राइ गरेर पछाडिसम्म कोर्ने गर्छन् । २००७ मा वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एकएक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे । ३. ट्रम्पले रक्सी नपिएपनि २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो । ४. आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो । ५. २०१६ मा फोब्र्स म्यागजिनले जनाए अनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको छ । २०७३ कार्तिक २४ गते ११:२१ मा प्रकाशित

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top