२४ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले भोलिसम्म चिकित्साशात्र अध्ययन संस्थाको डिन वरिष्ठताका आधारमा नियुक्त गर्न अल्टिमेट दिएका छन् । डा. केसीले बुधबार विज्ञप्ति निकालेर चिकित्साशात्र अध्ययन संस्थाको डिन वरिष्ठताका आधारमा भोलिसम्ममा नियुक्त गर्न माग गरेका हुन् । दलीय भागवण्डाका आधारमा डिन नियुक्त गरे आफ्नो आपत्ति हुने भन्दै डा. केसीले भनेका छन्, भोलि २५ गते शुक्रबारस्म्म वरिष्ठताका आधारमा डिन नियुक्त गर्न आग्रह गर्छु ।’ दलीय भागवण्डाका आभरमा डिन नियुक्त गरिए आमरण अनसन बस्ने डा. केसीको चेतावनी छ । डा. केसीले अन्य छबुँदे माग राखेका छन् र पुरा गर्न सरकारलाई दुई साताको समय दिएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई निष्कर्षमा पुर्याउनु पर्ने र आयुक्त राजनारायण पाठकमाथि छानविन गर्नु पर्ने उनको माग छ । यस्ता छन् डा. केसीका मागहरू १) वरिष्ठताका आधारमा तत्काल आइओएममा डिन नियुक्त गरियोस्, साथै नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस् २) एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं (एमबीबीएसः उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसः २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस् ३) चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस् ४) संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरियोस् ५) अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस् तथा मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानविन अघि बढाइयोस् ६) जयराम गिरी समितिले दोषी ठहर्याएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गरियोस् । मेडिकल शिक्षामा भएका अनियमिततामाथि छानविन गर्न न्याययिक जाँचबुझ आयोग पुनः गठन गरेर त्यसको कार्यक्षेत्रमा निम्न कुरा थपियोस्: विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली एवम् अनियमितता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले गरेका अनियमितता समेत । २०७३ कार्तिक २४ गते १७:३९ मा प्रकाशित (२०७३ कार्तिक २५ गते ७:२४मा अद्यावधिक गरिएको)
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: