Breaking News

News

Health

Sports

Entertainment

Videos

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको प्रस्ताव तयार भएको बताएका छन् । मधेसी, थारूलगायत असन्तुष्ट पक्षका मागका आधारमा संशोधनका मूल एजेन्डासहित प्रधानमन्त्री बनेको सयौँ दिन उनले संशोधन प्रस्ताव तयार भएको जानकारी गराएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सरकारको सय दिनको कार्यविवरण सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति गरी संशोधन प्रस्ताव दर्ता गरिने बताए । ‘संविधान संशोधनको प्रस्ताव तयार भएको छ, यसमा प्रतिपक्षको पनि सहमति खोज्ने प्रयास भएको छ । सकेसम्म प्रतिपक्षको पनि सहमति भयो भने वातावरण सहज हुन्छ र निर्वाचनतिर देशलाई लैजान सकिन्छ भनेर त्यसको प्रयास भइरहेको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले २५ कात्तिकमै व्यवस्थापिका–संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरे पनि अन्तिमपटक प्रतिपक्षीसँग पनि छलफल गर्न भनेर आफू रोकिएको बताए । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताले दिएको सुझाबका आधारमा प्रतिपक्ष दल एमालेसँग छलफल गर्न प्रस्ताव रोकेको उनले खुलाए । संशोधन प्रस्ताव दर्ता गर्न सत्ता सहयात्री कांग्रेस र मधेसी–थारूको मात्र नभई प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसम्मको सहमति प्राप्त भइसकेको प्रधानमन्त्रीले जिकिर गरे । यद्यपि, उनले पछिल्ला दिन भने एमालेका अभिव्यक्ति संशोधनको विपक्षमा आउन थालेको भन्दै गुनासो गरे । ‘मेरो योजना थियो, २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्ने, तर देउवाजी र हामी सल्लाह गरेर प्रतिपक्षसँग अन्तिमपटक छलफल गरौंँ भन्ने भयो,’ प्रधानमन्त्रीले भने, ‘त्यसपछि म रोकिएको हुँ ।’

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top