Breaking News

News

Health

Sports

Entertainment

Videos

मंसिर १४, २०७३- त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका सवालमा कुरा नमिलेपछि प्रा.डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ दिनदेखि आमरण अनशनरत डा.केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भइसकेको छ । मध्यस्थकर्ताका रूपमा वार्तामा सहभागी चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सोमबार पनि डिन र उपकुलपति हटाउनेमै कुरो अड्किएको बताए । दुवै पक्षले आवश्यक गृहकार्य गरेर पुन: मंगलबार बस्ने गरी वार्ता सकिएको उनले जनाए । केसीका प्रतिनिधि डा.वाईपी सिंहले वार्तामा कुनै प्रगति नभएको उल्लेख गर्दै भने, ‘सरकारी पक्षले कानुनी कुरा मात्रै गरिराख्यो, यसरी सहमति हुँदैन ।’ अर्का एक सहभागीका अनुसार खनियाँ र डा.केपी सिंहको बर्खास्तगी/राजीनामा गराउन सरकारी पक्षले प्रक्रियागत रूपमा नमिल्ने जनाएपछि अन्य विषयमा छलफलै भएन । संस्थानको डिन हटाउनुभन्दा पनि निष्पक्ष नियुक्ति प्रक्रिया बनाउनुपर्ने तर्क सरकारी पक्षले गरेको थियो । केसी पक्षधरले भने उनको स्वास्थ्य एकदमै नाजुक भइसकेकाले सरकारी वार्ता टोलीले थकाउने रणनीति लिएको आरोप लगाए । सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता सहमति नजिक पुगेको दाबी गरे ।

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top